सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सर्वोच्चले अन्तरिम आदेश दिएन, कुलमान घिसिङलाई खुल्यो काम गर्ने बाटो

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई गैरकानुनी हिसाबले हटाएर कुलमानलाई नियुक्त गरिएको भन्दै घिसिङको नियुक्ति खारेज गरेर आफूलाई नै कार्यकारी निर्देशक कायम गर्न माग गर्दै रिट दिनुभएको थियो । तर आज मङ्गलवार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासले घिसिङको नियुक्तिमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

Sana Kishan

इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अन्तरिम आदेश दिनु पर्ने÷नपर्ने निर्णय गर्न इजलासले हितेन्द्रदेव शाक्यलाई हटाउने र कुलमान घिसिङ नियुक्त गर्ने सक्कल फाइल मगाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा पूर्ण अधिकारसहित काम गर्ने बाटो खुलेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.