

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका –१ बलाँचका ६० वर्षीया राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला उनी लडेर घाइते भएकी थिइन् । घाइते खडायतलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उका आफन्तले जानकारी दिएका छन् । सगुन खबर बाट सभार

