सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आगामी निर्वाचन जित्न १४ औं महाधिवेशनको भूमिका महत्वपूर्ण : महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा तीनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाउन १४ औं महाधिवेशनको ठूलो भूमिका रहने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–४ र ५ को १४ औं वडा अधिवेशनको उद्घाटन गर्दै सह–महामन्त्री डा महतले नेपाली कांग्रेसको हालको लक्ष्य आगामी आम निर्वाचन जित्ने रहेकोले त्यस अनुरुपको संगठन निर्माणमा क्रियाशील सदस्यको ठूलो भूमिका रहने उल्लेख गरे।

अलग–अलग आयोजित दुवै वडा अधिवेशनमा प्रमुख अतिथि रहेका महतले साधारण सदस्य र क्रियाशील सदस्यबीचको अन्तर बताउँदै भने, ’जो–जो नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा विश्वास गर्नुहुन्छ, उहाँहरू साधारण सदस्य बन्न पाउनुहुन्छ तर क्रियाशील सदस्य हुन पार्टीमा निरन्तर क्रियाशील हुनुपर्दछ।’

World Link Ads
Mahakali Polytechnic

उनले पार्टीको संगठनमा केही समय दिन सक्ने, संगठन विस्तार गर्न र आमजनतालाई आकर्षित गर्न सक्ने विश्वासले सक्रिय सदस्य बनेका पार्टी कार्यकर्ताहरूलाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गर्दै पार्टीलाई जनतासँग जोड्ने प्रयास गर्न पनि आग्रह गरे।

Sana Kishan

पार्टीका क्रियाशील सदस्यलाई पार्टीको वडा अधिवेशनमा मतदाता बन्ने, कार्यसमिति, क्षेत्रीय समितिमा उम्मेदवार बनेर निर्वाचित हुने अधिकार भएको बताउदै महतले क्रियाशील सदस्यहरूले पार्टीको संगठन निर्माण गर्न र जनताको बीचमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। महतले चुनाव जितेमा तीनै तहमा सरकारमा गएर जनताको सेवा गर्ने, राष्ट्रिय र स्थानीय तहसम्मको नीति निर्माण गर्ने अवसर प्राप्त हुने भएको त्यसको लागि संगठन बलियो बनाउन र संगठनका माध्यमबाट नागरिकसँगको सम्बन्ध कायम गर्न पनि आग्रह गरे।

यस पटकको महाधिवेशन ब्यापक सहभागितामूलक र पारदर्शी ढंगले भइरहेको बताउदै सहमहामन्त्री महतले पहिले ४ लाख सदस्य भएकोमा अहिले ८ लाख सदस्य पुगेको, सदस्य र क्रियाशील सदस्यता विधिसम्मत र विवेकपूर्ण ढंगले वितरण गरिएको, गुनासो र उजुरी सुन्ने छानबिन गर्ने प्रावधान राखिएकोले समय लागेको बताए।

उनले नेपाली कांग्रेसका कार्यकर्ताका सामु चुनौति र अवसर दुवै रहेको बताउदै पाएको जिम्मेवारीलाई पार्टी निर्माणमा लगाउन आग्रह गरे। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.