आज (मंगलबार) बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Sana Kishan
Total
34
Shares

साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ बढेको छ।

Arus

गत सोमबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजावी सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

Indreni

लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दशै, तीहारको रौनकसँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ। नयाँ पुस्ता बाट सभार

Total
34
Shares
सम्वन्धित समाचार
Total
34
Share