सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्रान्तिकारी माओवादीका महासचिव बैद्य कञ्चनपुरमा

नेकपा क्रान्तिकारी माओवादीका महासचिव तथा पुराना कम्यूनिष्ट जनयुद्धका हस्ती मोहन बैद्य(किरण) कञ्चनपुर आएका छन । पार्टीको कामसका सिलसिलामा महासचिव कञ्चनपुर आएका हुन । सोमबार कञ्चनपुर पुगेका महासचिव बैद्यसंगै विभिन्न दलका नेता एव जनप्रतिनिधी नागरिकले भेटघाट गरेका छन । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदीले राष्ट्रियताको विषयलाई लिएर भोली (मंगलबार) कञ्चनपुरको कलुवापुरमा हुने बैठकमा सहभागिताका लागि महासचिव कञ्चनपुर आएको बताए । ‘महासचिव किरण पार्टीको आन्तरिक मात्र नभई राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर कञ्चनपुर आएका छन, ‘क्रान्तिकारी केन्द्रीय सदस्य सुवेदीले भने, ‘थप भोली बैठकबाट टुङगो लाग्छ ।’ सुदूरपश्चिम पुगेका कम्यूनिष्टका निष्ठावान नेता किरणसंग विभिन्न दलका नेता, पुर्व माओवादी, जनप्रतिनिधी एव बुद्धिजिवी नागरिकले भेटघाट गर्दै फोटो खिचिरहेका छन । जनसरोकार पोस्ट बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.