सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काँग्रेस महाधिवेशन : काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन हुदै

नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।

आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्यौलमा परेको छ ।

Sana Kishan

क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आइसकेको छैन । क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको छ ।

World Link Ads
Mahakali Polytechnic

आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ । उपहार खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.