दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

Sana Kishan
Total
12
Shares

संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।

Arus

विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।

रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।

२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर खत्रीले थाहाखबरलाई बताए। रिहा भएका कैदीबन्दीहरूलाई आइतबार आफन्तको रोहवरमा बिदाइ गरिएको जनाइएको छ। थाहा खबर बाट सभार

Indreni

Total
12
Shares
सम्वन्धित समाचार
Total
12
Share