सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पतिको हत्याको आरोपमा महिला पक्राउ

सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको हत्यामा उनकै पत्नीको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमानश्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए ।

World Link Ads
Mahakali Polytechnic

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

Dirghayu Ads
Sana Kishan

दुखहरणको हत्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए । उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएको पनि प्रहरीले जनाएको छ ।

दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन् । दुखहरण कतारबाट फर्केर गाउँमै फर्निचर तथा किराना पसल व्यवसाय गरिरहेका थिए । विदेशमा कमाएको रकम वचत नभएको भन्दै श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा परिरहने प्रहरीले जनाएको छ ।

प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।

भारतीय नागरिक मुकेशलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रवण देवले अनलाइनखबरमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.