सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश १ र वाग्मतीमा छिट्टै हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ : नेता माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

आज सोमवार पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताउनुभएको हो । उहाँले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन नेता नेपालले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक र तीन नम्बर प्रदेश (वाग्मती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईँहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसन्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुप¥यो भन्ने प्रश्नसमेत गर्नुभयो । पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनुपरेको भन्ने पनि उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुप¥यो हाइसन्चो भएको मान्छेले ? कति छन्, नौ प्रतिशत छन्, दुई प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’

उहाँले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएप नि एमाले सांसदहरू अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.