Bedkot Samudayik Ban

कुन रक्तसमुह भएका व्यक्तिमा कस्तो किसिमको क्षमता हुन्छ ?

Sana Kishan
Total
44
Shares

मानिसमा विभिन्न किसिमका रक्त समूहरू हुन्छन्। ए पोजेटिभ, ए नेगेटिभ, बी पोजेटिभ, बी नेगेटीभ, एबी पोजेटिभ एबी नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटीभ।

Arus

भनिन्छ, यही रक्त समूहको आधारमा मानिसको प्रकृति र क्षमता पनि केही हद सम्म पत्ता लगाउन सकिन्छ।

जुन व्यक्तिको रक्त समूह ए पोजेटिभ हुन्छ उनीहरूमा राम्रो नेतृत्व क्षमता हुन्छ। ए पोजेटिभ रक्त समूह भएका व्यक्तिले राम्रो नेतृत्व गर्न सक्छन्।

उनीहरू सबलाई साथ र विश्वासमा लिएर हिड्ने कुरामा सफल हुन्छन्। यदि तपाईंको रक्त समूह ए पोजेटिभ छ भने तपाईं ए पोजेटिभ, ए नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत लिन सक्नुहुन्छ।

ए नेगेटिभ रक्त समूह हुने व्यक्तिहरू मेहनतीमा पर्न आउँछन् । यस्ता व्यक्तिहरू मेहनत गर्न डराउँदैनन्। यिनीहरू कठिन र लगातार काम गर्नलाई पनि पछि हट्दैनन्।

यिनीहरू मेहनतको कुनै विकल्प हुँदैन भन्ने कुरामा विश्वास गर्छन्। जुन व्यक्तिको रक्त समूह ए नेगेटिभ छ त्यस्तो व्यक्तिलाई ए नेगेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत मात्रै दिन सकिन्छ।

बी पोजेटिभ रक्त समूह भएका व्यक्तिहरूको मन अरू व्यक्तिको लागि नदी जस्तै तरल हुन्छ। यो रक्त समूह भएका व्यक्तिहरू अरूलाई मद्दत गर्न कहिल्यै पछि हट्दैनन्।

यिनीहरू अरूको लागि आफ्नो बलिदान पनि दिन सक्छन् । यिनीहरूको लागि मानिससँगको सम्बन्धको धेरै महत्व हुन्छ। यिनीहरू सधैं अरूको लागि केही न केही गर्न चाहन्छन्।

बी पोजेटिभ ब्लड ग्रुप हुनेलाई बी पोजेटिभ, बी नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत दिन सकिन्छ। बी नेगेटिभ रक्त समूह भएकाको प्रवृति ठिक हुन्न भनिन्छ।

यस्ता व्यक्तिहरू बढी स्वार्थी हुन्छन् भनिन्छ। यस्ता व्यक्तिहरू सहायता गर्न पनि पछि पर्छन्। यस्ता व्यक्तिहरूको दृष्टिकोण पनि नकारात्मक हुन्छ भनिन्छ।

बी नेगेटिभ भएका व्यक्तिलाई बी नेगेटिभ र ओ नेगेटिभ रक्त समूह भएका व्यक्तिको रगत दिन सकिन्छ। एबी पोजेटिभ रक्त समूह वाला व्यक्तिलाई बुझ्न सजिलो हुँदैन।

Karnali Traders

उनीहरू कुनबेला के सोच्छन् भन्ने कुरा कसैले पनि थाहा पाउन सक्तैन। किनभने उनको प्रकृति कहिले पनि एक किसिमको हुँदैन। एबी पोजेटिभ रक्त समूह युनिभर्सल रिसिभर हुन्छ। यसको मतलब उसलाई जुनसुकै रक्त समूहको रगत पनि दिन सकिन्छ।

एबी नेगेटिभ रक्त समूह भएका व्यक्तिको दिमाग एकदमै तेजसँग चल्छ। यस्ता व्यक्तिहरू एकदमै बुद्धीमानी हुन्छन्। यिनीहरू कुनैपनि कुरा छिटो बुझ्ने गर्छन्।

अन्य रक्त समूह भएका व्यक्तिको तुलनामा यिनीहरूको दिमागले सबै कुराहरू बुझ्छन् जुन अरुलाई बुझ्न कठिन हुन्छ। यस्ता व्यक्तिलाई एबी नेगेटिभ, बी नेगेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत प्रवाह गर्न सकिन्छ।

ओ पोजेटिभ रक्त समूहका व्यक्तिलाई यिनीहरूको जन्म नै अर्काको सेवाको लागि भएको हो भनिन्छ। यिनीहरू एकदमै सहयोगी हुन्छन्। कसैलाई मद्दत गर्नमा यिनीहरू कहिल्यै पछि हट्दैनन्।

यिनीहरूले आफ्नो पूरा जीवन नै अरूको सहायतामा बिताउन सक्छन्। ओ पोजेटिभलाई युनिभर्सल डोनर मानिन्छ तर उनीहरू आफूले चाहिँ ओ नेगेटिभ र ओ पोजेटिभ मात्र लिन सक्छन्।

ओ नेगेटिभ रक्त समूहका व्यक्तिको सोच एकदम संकीर्ण हुन्छ। यस्ता व्यक्तिहरू केवल आफ्नो बारेमा मात्र सोच्छन्। यिनीहरू संकीर्ण मानसिकता वाला हुन्छन्।

यिनीहरू नयाँ विचारलाई सजिलै स्वीकार्न सक्तैनन्। ओ नेगेटिभ भएका व्यक्तिले केवल ओ नेगेटिभ रक्त समूहको रगत लिन सक्छन्। नयाँ पुस्ता बाट सभार

Total
44
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
44
Share