बैतडी जिल्लाको पाटनमा कक्षा ६ देखि ८ सम्म संस्कृत पढाइने

Sana Kishan
Total
48
Shares

बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत बिषय पढाउने भएको छ । संस्कृत बिषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत बिषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए ।

Arus

कक्षा ६ देखि ८ सम्म एउटा बिषय स्थानीय अथवा अन्य कुनै बिषय पढाउनुपर्ने भएकाले आफूहरुले संस्कृत बिषय पठनपाठन गर्ने निर्णय गरेको उनले बताए । उनले भने ‘संस्कृत बिषय पढाउनका लागि हामीसंग जनशक्ति पनि छ । यसले आधारभूत तहमा भाषाका बिषयमा पनि ज्ञान दिन्छ । त्यसैले हामीले संस्कृत बिषयको पठनपाठन गर्ने भनेका हौं ।’

संस्कृत बिषयको पाठ्यक्रम र पाठ्यपुस्तक समेत तयारी अवस्थामा पाइने भएकाले संस्कृत पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा संस्कृत बिषयको पढाई नहुँदा भाषागत समस्या समेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत बिषयले महत्वपूर्ण योगदान पुर्याउने नगरपालिकाले विश्वास गरेको छ ।

Indreni

नगरपालिकाले कक्षा ६ देखि ८ सम्म संस्कृत बिषयको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयहरुलाई निर्देशन समेत दिईसकेको छ । सगुन खबर बाट सभार

Total
48
Shares
सम्वन्धित समाचार
Total
48
Share