सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यसरी बद्लिन्छ उमेरसँगै सेक्स बिहेवियर

सम्झनुहोस् त, विवाहका सुरुवाती दिनहरुमा तपाईंको यौन–जीवन कति रोमाञ्चक थियो ? तपाईंहरुको यौन जीवन सक्रिय र नियमित थियो । त्यस बखत तपाईंहरुले यौनको भरपुर आनन्द लिनुभयो ।

तर, जति–जति दाम्पत्य जीवन लम्बिदै गयो, उत्तिनै तपाईंहरुको यौन सम्बन्ध फिका हुँदै गयो । यौनबाट भरपुर आनन्द लिन पाउनुभएन । दुबै यसबाट बिमुख हुनुभयो ।

यसरी फिका हुँदै गएको यौन–सम्बन्धले तपाईंहरुमा केही गुनासो, केही भ्रम, केही असन्तुष्टि पैदा गरिदियो । यीनै विकारले तपाईंहरुमा मनमुटाव भयो । भनाभन भयो । आखिर किन यस्तो भयो ?

World Link Ads
Mahakali Polytechnic

यौनजीवन सधै एकनास रहँदैन ।

Dirghayu Ads

सुरुवाती दिनमा तपाईंहरु यौनमा बढी उत्सुक हुनुहन्थ्यो । त्यसबेला अनुकुलता पनि थियो । विस्तारै तपाईंहरु पारिवारिक जीवनमा भिज्दै जानुभयो । पारिवारिक दायित्व बढ्दै गयो । घर व्यवहार, करियर आदि कुरामा तपाईंहरुको ध्यान मोडियो ।

बालबच्चा भए । अब बालबच्चाप्रति पनि तपाईंहरु केन्द्रित हुन थाल्नुभयो । उनीहरुलाई हुर्काउने, पढाउने कुरामा बढी समय व्यतित हुन थाल्यो । छोराछोरी हुर्कदै गएपछि तपाईंहरुले उन्मुक्त ढंगले यौन सम्बन्ध राख्न पनि पाउनुहुन्न ।

यसरी अनेक किसिमका व्यवधानले तपाईंहरुको यौन सम्बन्ध पातलिदै जान्छ । फिका हुँदै जान्छ ।

उमेरले यौनमा असर

दाम्पत्य जीवनमा यौनले खास भूमिका खेल्छ । कहिले काहीँ त दम्पतीको सम्बन्ध जोड्ने र तोड्ने माध्याम पनि बन्छ यो । त्यसैले सक्रिय र नियमित यौन सम्बन्धले दाम्पत्य सुख प्राप्त हुन्छ भनिन्छ ।

यद्यपी यौनको इच्छा सधै एकनास रहँदैन । कहिले घट्छ, कहिले बढ्छ । के तपाईंलाई थाहा छ, विवाहित जोडीलाई कुन उमेरमा सेक्स अर्गाज्मको चाह अधिक हुन्छ ?

एक मनोचिकित्सक भन्छन्, ‘उमेरको हिसाबले श्रीमान् र श्रीमतीको सेक्सको गणित अलग–अलग हुन्छ । यही अन्तरको कारण बेलाबखत उनीहरुमा दुरी बढ्न सक्छ । त्यसैले श्रीमान र श्रीमतीको सेक्स सम्बन्धमा तालमेल मिलाउनका लागि यस गणितलाई सम्झनु जरुरी हुन्छ ।

यही कारण श्रीमान्–श्रीमतीमा सेक्सको इच्छा कम वा बढी हुन्छ । श्रीमतीले यसलाई बुझ्दैनन् र सोच्छन् कि कतै आफ्नो श्रीमान्को अरुतिर नै चक्कर त चलिरहेको छैन ? श्रीमानमा पनि यसक किसिमको भावना आउन सक्छ । यसरी उनीहरुको सम्बन्धमा विस्तारै विष घोलिन्छ । तर, यो समयको दोष हो भन्ने ज्ञान हुने हो भने यस्ता शंका–उपशंकाले ठाउँ पाउँदैन ।’

विवाह अघि

अहिले विवाहको औसत उमेर युवतीका लागि २५ देखि ३५ को बीच भएको छ । यता खानपान र बद्लिदो परिवेशमा युवायुवतीलाई १५ बर्षको उमेरमा यौनबारे चासो एवं उत्सुकता जाग्न थालेको छ ।

१५ देखि ३० बर्षको उमेरमा युवतीको नियमित पीरियड्स हुन थाल्छ, जसले उनमा हर्मोनल परिवर्तन हुनथाल्छ । यस्तोमा उनीहरुमा यौनको इच्छा बढ्न थाल्छ । उनीहरु यस्तो इच्छालाई पूर्ण रुपले दबाउने प्रयास गर्छन् । उनीहरुमाथि सामाजिक र घरेलु दबाव त हुन्छ, करियर र विवाहका लागि सही युवाको खोजी पनि मनमा हावी भइरहेको हुन्छ । यस्तोमा यौनको इच्छा कतै दबाइन्छ ।

Sana Kishan

यही उमेरका युवामा यौनको कौतुहलता बढेको हुन्छ । उनीहरु यतिबेला निकै उर्जावान पनि हुन्छन् । स्वास्थ्य राम्रो हुन्छ । उनीहरु हरेक किसिमले फिट हुन्छन् । यस्तोमा विवाह, रिलेशनसिपको सोंचले उनीहरुमा नयाँ उर्जा भरिन्छ । उनीहरु यौनका लागि तयार हुन्छन्, जबकी युवतीहरुले भने यस उमेरमा आफ्नो यौन इच्छालाई दबाएर राख्छन् ।

३० बर्षपछि

३० बर्षको हाराहारीमा महिलाले विवाह गरिसकेका हुन्छन् । यस अवस्थामा उनीहरु यौनबारे त्यती धेरै अन्यौल वा उत्सुक पनि हुँदैनन् । किनभने विवाहित भइसकेका हुनाले महिलाले यौन सम्बन्ध दबाइरहनु पर्दैन् । यस्तो बेला उनीहरु अर्गाज्म हासिल गर्नका लागि पूर्ण रुपले तयार हुन्छन् ।

अक्सर विवाहित महिलालाई करियर वा घर परिवारको चिन्ता उति धेरै हुँदैन । यस्तो अवस्थामा उनीहरुको यौन चाहना अरु बढ्छ । यौन भाव बुझ्न सहज पनि हुन्छ । उनीहरु बेपर्वाह यौन सम्बन्धलाई स्वागत गर्न तयार हुन्छन् ।

यता पुरुषको अवस्था फरक हुन्छ । उनीहरुमा घरपरिवारको दायित्व थपिन्छ । करियरको चिन्ता, पारिवारिक चिन्ता हावी हुन थाल्छ । यस्तोमा उनीहरुमा यौनको इच्छा कम हुँदै जान्छ ।

यस किसिमको बेमेलले दम्पतीको यौन जीवनमा खास तालमेल हुँदैन । यसले उनीहरुमा कति भ्रम पैदा गरिदिन्छ ।

४० बर्षपछि

यस उमेरपछि फेरी महिला पुरुषमा शारीरिक परिवर्तन हुन्छ । यसबेला महिलाको हर्मोन लेभल कम हुन थाल्छ । उनीहरुमा फेरी यौन इच्छा बढ्न थाल्छ । छोराछोरी हुर्किसकेका हुनाले र छोराछोरी हुर्काउने दायित्वबाट मुक्त भइसकेको हुने हुँदा, यौनको इच्छा तिब्र हुनथाल्छ ।

यद्यपी यस किसिमको इच्छा त्यही महिलालाई हुन्छ, जो पूर्णत स्वस्थ्य छन् । कुनैपनि रोगको संक्रमणमा छैनन् ।

४० बर्षपछिको उमेरमा पुरुषमा पनि केही परिवर्तन हुन्छ । उनीहरुको करियर सेटल भइसकेको हुन्छ । यतिबेला उनीहरुले धेरै कुरालाई आफ्नो नियन्त्रणमा लिइसकेका हुन्छन् । जो पुरुष स्वस्थ्य छन्, रोगग्रस्त छै्रनन्, उनीहरु पहिले भन्दा बढी उर्जाशिल महसुष गर्न थाल्छन् । यतिबेला उनीहरुलाई यौनमा अरु बढी इच्छा हुन थाल्छ ।

५० बर्षपछि

५० बर्षपछि महिलामा पिरियड्सको बोझ सकिन्छ । उनीहरु खुला रुपमा यौन भोग गर्न सक्ने अवस्थामा हुन्छन् । यद्यपी यो उमेरपछि शरीरलाई भने कतिपय रोगले समात्न थाल्छ । अनेक रोगले गर्दा उनीहरु अस्वस्थ्य महसुष गर्न थाल्छन् ।

यो उमेरमा पुरुष पनि रोगी हुँदै जान्छन् । उनीहरुलाई उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर जस्ता रोगले समात्छ । यसले गर्दा उनीहरुको यौन इच्छा कम हुँदै जान्छ । शरीरको यही सेक्स गणितले दम्पतीबीच सेक्स सम्बन्धमा दुरी बनाउने मूख्य कारण बन्छ ।

उमेर र शारीरिक अवस्था अनुसार यौन इच्छामा आउने परिवर्तनलाई दम्पतीले बुझ्नुपर्छ । यौनमा दम्पतीको सधै समान इच्छा हुँदैन । केही न केही उतारचढाव आइरहन्छ । यस्तो अवस्थामा दुबैले यौनबाट जतिसक्दो सन्तुष्टि लिने र दिने प्रयत्न गर्नुपर्छ । किनभने दाम्पत्य जीवनमा यौन एकदम महत्वपूर्ण हुन्छ । यसले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.