बाटोमा हिडीरहेका बेला लडेर एकजना महाकाली नदीमा बेपत्ता

Sana Kishan
Total
72
Shares

दार्चुलाको लेकम गाउँपालिका वडा नं ३ का २७ बर्षीय टीकाराम टमाटा बाटोमा हिडीरहेका बेला लडेर महाकाली नदीमा बेपत्ता भएका छन् । आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा झुलाघाट र सेराको बीचमा पर्ने बाटोबाट लडेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीको बिओपी झुलाघाटले जनाएको छ ।

Arus

टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए । साँघुरो बाटो भएका कारण टमाटा एक्कासी लडेर महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।

बेपत्ता भएका टमाटाको खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता टमाटाको खोजी कार्य गरिरहेको बताइएको छ ।

झुलाघाटबाट सेरा जाने बाटो निकै साँघुरो रहेको र हिडडुल गर्नेहरुलाई निकै जोखिम रहेको बताइएको छ । सगुन खबर बाट सभार

Indreni

Total
72
Shares
सम्वन्धित समाचार
Total
72
Share