बैतडीको प्रशिद्ध धार्मीक स्थल निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशी मेला

Sana Kishan
Total
68
Shares

सुदूरपश्चिमको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक बर्ष मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।

Arus

हिजोदेखि सुरु भएको मेला लगातार भोलि पुर्णिमाको अपरान्न सम्म लाग्ने गर्दछ । अनन्त चचुदर्शीको दिन देखि पुर्णिमाको अपरान्न सम्म लगातार लाग्ने यो मेला रतेडी जाँतको नामले प्रख्यात छ ।

निङ्गलाशैनी मन्दिरमा बडा दशैको नवरात्री र चैते दशैको नवरात्रीमा बलि दिने प्रचलन भएपनि यस जात्राको समयमा भने बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो ।

यो मेलाको मुख्य आक्रर्षणका रुपमा सोराडी र बैतडाकी जाँतलाई लिने गरिन्छ । स्वराडी अर्था जिल्लाको स्वराड क्षेत्र र बैतडा अर्थात जिल्ला सदरमुकामका स्थानीयहरुले छुट्टा छुट्टै ल्याउने जात्रा एक आपसमा मिल्ने बेला साँझपख हरेक वर्ष मन्दिर क्षेत्र कुहीरोले ढाकीन्छ । जसलाई दैविक शक्तिका रुपमा पनि मान्ने गरिन्छ् ।

यो जात्रालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ । जात्राको अवसरमा ठाडो खेल, देउडा खेल लगायतका सांस्कृतिक खेलहरु पनि हुने गरेका छन् ।

Indreni

अनन्त चतुर्दशीको मेला भाद्र शुक्ल त्रयोदशीबाट शुरु भएर पूर्णिमाका दिन सकिन्छ । यो मेलामा तिनरात मन्दिरमा जाग्राम बस्ने भक्तजनहरुको समेत घुइँचो लाग्ने गर्दछ । यस जात्राको अवसरमा निङ्गलाशैनी भगवती माताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । dibyastra.com बाट सभार

Total
68
Shares
सम्वन्धित समाचार
Total
68
Share