सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेशनल लाईफ द्वारा अभिकर्ता हरुलाई सम्मान प्रदान

कञ्चनपुर – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शनिबार नेशनल लाइफ कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख राम चन्द्र तिवारीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमकाे अध्यक्षता नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनिका ब्यवशाय प्रबन्धक डम्बर बहादुर बिष्टले गर्नु भएको थियाे।  बिशिष्ट अतिथिमा नेशनल लाईफ धनगढीका शाखा प्रमुख उमाकान्त जाेशी र अत्तरिया शाखाका शाखा प्रमुख दिपक प्रशाद खत्री तथा अतिथिका रुपमा सुदुरपश्चिमका डेउडा गायक समाजसेवि तथा पुर्व राष्ट्रिय कबड्डि खेलाडि लक्ष्मण अधिकारी, सुदूरपश्चिमेली नेपाली समाज जापान क्यूशु क्षेत्रीय समिति संस्थापक एवम् सुदूर पश्चिमेली नेपाली समाज अन्तराष्ट्रीय समिति महासचिव दिलेन्द्र प्रशाद जाेशी, जीवन बीमा क्षेत्रमा लामाे समयबाट कार्यरत अग्रज व्यवसायी लक्ष्मिदत्त जाेशी, बेदकाेट नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु थापा , सिद्घ निर्माण सेवा शुक्लाफाटा नगरपालिका ११ कलुवापुरका प्राेपराईटर पुरन राना र बेदकाेट नगरपालिका निवासि समाजसेवी युवा पदम पाण्डे रहनु भएको थियाे।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

कार्यक्रममा स्वागत मन्तब्यका साथै जीवन बीमा ब्यवशायमा कसरी सफल हुन सकिन्छ भन्ने बारेमा कम्पनीका बरिष्ठ ब्यवशाय प्रबन्धक (SENIOR BUSINESS MANAGER) राजेन्द्र बहादुर चन्दले आफ्नाे भनाइ राख्नु भएको थियाे। अभिकर्ताका रुपमा काम गर्दै आउनु भएका ब्यवशाय प्रबन्धक नवराज अवस्थी तथा धनसिंह ठगुन्नाले आफ्नाे अनुभव राख्नु भएको थियाे।

बिगत ३४ बर्ष देखी बीमा क्षेत्रमा निरन्तर सेवा प्रवाह गरिरहेको  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र अग्रणी जीवन बीमा कम्पनी रहेको महेन्द्रनगर शाखाका सिनियर बिजनेस मेनेजर राजेन्द्र बहादुर चन्द बताउँछन्। अभिकर्ताहरू लाई थप जाेस र जागरका साथ ब्यवशायमा समर्पित गराउने उद्देश्यका साथ ब्यवशायमा सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा अत्तरिया शाखाका शाखा प्रमुख दिपक प्रशाद खत्रीले आफ्नाे धारणा राख्नु भएको थियाे भने धनगढी शाखाका शाखा प्रमुख एवम् बिशिस्ट अतिथि उमाकान्त जाेशीले सम्पुर्ण अभिकर्ता लाई माेटिभेसन गर्नु भएको थियाे।

सम्मान कार्यक्रममा बिबिध बिधा अन्तर्गत उत्कृष्ट ब्यवशाय गर्न सफल हुनु भएका व्यवसायी अभिकर्ताहरू लाई सम्मान गरिएको थियाे। आर्थिक वर्ष २०७७-०७८मा महेन्द्रनगर शाखाबाट उत्कृष्ट बिजनेस गर्न सफल अभिकर्ताहरू लाई ट्रफि र प्रशंसा पत्र सहित सम्मान गरिएको थियाे। संजालतर्फ ( Team Business) बाट प्रथम हुन सफल कम्पनीका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द, द्वितीय स्थान प्राप्त गर्न सफल हुनु हुने बिजनेस  म्यानेजर डम्बर बहादुर बिष्ट र तृतिय स्थान प्राप्त गर्न सफल हुनुहुने बिजनेस म्यानेजर नवराज अवस्थी सम्मानित हुनुभएको थियाे।

Sana Kishan

यस्तै गरि ब्यक्तिगत काेडबाट उत्कृष्ट बिजनेस गर्न सफल भई प्रथम स्थान प्राप्त गर्नु हुने सिनियर बिजनेस म्यानेजर बसन्त राना, द्वितीय स्थान प्राप्त गर्नुहुने बिजनेस म्यानेजर डम्बर बहादुर बिष्ट र तृतीय स्थान प्राप्त गर्न सफल हुनुहुने बिजनेस म्यानेजर याेगेश्वर प्रशाद भट्ट लाईपनि सम्मानित गरिएको थियाे। महेन्द्रनगर शाखाबाट उत्कृष्ट बिजनेस गर्न सफल भई चेयरपर्सन क्लबमा पुग्नु हुने सिनियर बिजनेस म्यानेजर  राजेन्द्र बहादुर चन्द , वसन्त राना,डम्बर बहादुर बिष्ट , नवराज अवस्थी, तुलसि चन्द, माधवी कुमारी भट्टअवस्थी  लाई पनि शाखाकाे तर्फबाट सम्मानित गरिएको थियाे।
      आर्थिक वर्ष २०७७/०७८ मा ब्यवशाय प्रबन्धक बन्न सफलहुने खडक बहादुर खाती,बिजय राज जाेशी,हरेन्द्र बिष्ट , बिस्नुमाया शर्मा,पुनम जाेशी,नारायण मिश्र,नरेन्द्र प्रशाद अवस्थी,जानकी जाेशी,कृष्णा बिष्ट ,मनिषा बस्नेत सापकोटा ,कमला अवस्थी,गणेश बहादुर चुनारा र कुबेर प्रशाद भट्टलाई पनि सम्मान गरिएको थियाे।
       महेन्द्रनगर शाखाबाट गत आर्थिक वर्ष २०७७/०७८मा संजालबाट उत्कृष्ट बिजनेस गर्न सफल अभिकर्ता एवम् सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द HERO OF THE YEAR बाट सम्मानित हुनु भएको थियो। आफ्नाे काेडमा सबैभन्दा बढी प्रिमियम संकलन गर्न सफल हुनुहुने सिनियर बिजनेस म्यानेजर बसन्त रानालाई पनि HERO OF THE YEAR बाट सम्मानित गरिएको छ।यस्तै  सबैभन्दा बढी बिमालेख बेच्न सफल बिजनेस म्यानेजर नवराज अवस्थी लाई पनि HERO OF THE YEAR बाट सम्मानित गरिएको थियाे।
चालू आर्थिक वर्षकाे पहिलाे २ महिनामा सबैभन्दा बढि नया अभिकर्ता जाेड्न सफल एवम संजालबाट सबैभन्दा बढि बिजनेस गर्न सफल अभिकर्ता धनसिह ठगुन्नालाई सम्मान गरिएको थियाे। साथै दशैतिहार उत्सवकाे याेजना अन्तर्गत सबैभन्दा बढी कुपन प्राप्त गर्न सफल अभिकर्ता जगत बहादुर धामी लाई सम्मान गरिएको थियाे। कार्यक्रममा प्रमुख अतिथी एवम् प्रदेश प्रमुख रामचन्द्र तिवारीले कम्पनी ले ल्याएका नयाँ याेजनाका बारेमा प्रकाश पार्नु भएको थियाे ।  उक्त कार्यक्रम संचालन भने  महेन्द्रनगर शाखाका शाखा प्रमुख नवीन किशाेर भट्टले गर्नु भएको थियाे।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.