सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा बजेट बनाउने प्रणाली डरलाग्दो : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको बताएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् ।

शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले योजना बनाउने प्रचलन कहाली लाग्दो भेटिएको बताए ।

Sana Kishan

अर्थमन्त्री शर्माले अगाडि भने, ‘देशलाई कति सडक चाहिने हो, कुन सडक कति लेनको हुनुपर्ने हो, यसको कुनै मानक भेटिएन । जो सत्तामा आयो, त्यसले आफ्नै मनमौजी तरिकाले सडकमा बजेट हाल्ने गरेको पाइयो ।’ आफूले सबै मन्त्रालयका सचिवलाई पुँजिगत खर्च नहुनुको कारणबारे सोध्दा ‘चाहिने ठाउँमा बजेट नभएको र नचाहिने ठाउँमा बजेट हालेका कारण खर्च नभएको’ उत्तर पाएको उनले सार्वजनिक गरे ।

World Link Ads
Mahakali Polytechnic

उनले नेपाललाई राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीको खाँचो रहेको भन्दै सोही अनुसारको प्रणालीको विकास गर्न आवश्यक रहेको बताए । रोजगारी सिर्जनाका लागि मुलुक भित्र उद्योग–धन्दा खोल्नु पर्ने भन्दै त्यसको पक्षमा निर्णय लिँदा कतिपयलाई घाटा पर्न सक्ने बताए । आफूले व्यक्ति भन्दा मुलुकलाई फाइदा हुने गरी निर्णय लिएको उनको तर्क छ । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउँन खोज्दा सरकारी संयन्त्रले नै नमानेको भन्दै उनले वातावरण सहज बनाउनु भन्दा ढोका नै बन्द गर्ने प्रचलन सरकारी संयन्त्रको रहेको उनले बताए । अनलाइनखबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.