मोजा गह्नाएर हैरान हुनुहन्छ ? यी उपाय गर्नुहोस्

Sana Kishan
Total
16
Shares

गर्मीमा धेरैको मुख्य समस्या मोजा वा खुुट्टा गह्नाउने हुन्छ । मोजा वा खुुट्टा गह्नाउने समस्याका कारण कुनै नयाँ ठाउँमा जुत्ता खोलेर जान पनि निकै समस्या हुने गर्छ ।

Arus

यस्तोमा खुट्टाको सरसफाइमा ध्यान नदिँदा पनि मानिसहरूको मोजा गह्नाउने गर्छ । तर, कोहीको भने राम्रोसँग सफा गर्दा पनि गह्नाउने नै हुन्छ ।

यस्तो समस्याबाट हैरान हुनुहुन्छ भने व्याक्टेरिया मार्ने साबुन प्रयोग गर्नुपर्छ । विशेषगरी औँलाको कापलाई राम्रोसँग धुनुपर्छ । खुट्टा तथा औँलाका कापलाई सुख्खा राख्नपर्छ किनकि औंलाका कापलाई राम्रोसँग सफा नगर्ने हो भने त्यहीबाट किटाणु पैदा हुन्छन् र मोजा गह्नाउँछ ।

यी हुन् उपायहरू

पसिना नआउने औषधिको प्रयोग

खुट्टा गह्नाउनुको मुख्य कारण भनेको पसिना बढी आएर नै हो । यस कारण मोजा लगाउनुअघि पसिना नआउने औषधिलाई मोजामा राख्नुहोस्, जसले गर्दा पसिना आउन दिँदैन ।

खुट्टामा पाउडर प्रयोग गर्ने

खुट्टामा लगाउने विभिन्न पाउडर बजारमा सजिलै किन्न पाइन्छ । यदि खुट्टा गह्नाएर हैरान हुनुहुन्छ भने पाउडर किनेर लगाउन सक्नुहुन्छ । यस्ता पाउडरले पसिनालाई सोस्दछन् र गन्धलाई कम गर्छन् ।

भिनेगरको प्रयोग

Indreni

भिनेगर (एक प्रकारको अमिलो) मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्ने हो भने पसिना निकै कम आउँछ । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिँदैन ।

जुत्ताको कम प्रयोग गर्ने

बाहिर निस्कँदा सकेसम्म जुत्ता नलगाउनुहोस् । जुत्ताको सट्टा चप्पल लगाउनुभयो भने तपाईंको खुट्टामा पसिना जम्मा हुन पाउँदैन साथै चप्पल लगाउँदा पसिना पनि कम आउने गर्छ ।

धेरै थरी मोजाको प्रयोग

मोजा तथा खुट्टा गह्नाउने अर्को एउटा कारण भनेको सधैँ एउटै मोजा लगाउनु हो । यो समस्याबाट मुक्त हुनका लागि मोजालाई फेरिरहनुपर्छ । त्यसैले धेरै थरी मोजाको प्रयोग गर्नु राम्रो हुन्छ । सेतीकाली न्युज बाट सभार

 

Total
16
Shares
सम्वन्धित समाचार
Total
16
Share