बेदकोटमा रहेको साना किसान दुग्ध डेरी तथा प्रशोधन केन्द्रको प्रथम साधारण सभा सम्पन्न

Sana Kishan
Total
14
Shares

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ३ मा रहेको साना किसान दुग्ध डेरी तथा प्रशोधन केन्द्रको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
शनिवार बेदकोट–३ का वडा अध्यक्ष तिलक बहादुर ठकुल्लाको प्रमुख आथित्यता तथा सञ्चालक संस्था साना किसान कृषि सहकारी संस्थाका अध्यक्षद्वय विरेन्द्र बहादुर शाह र धर्मसिँह कुँवरको विशिष्ट आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।

Arus

प्रशोधन केन्द्रका अध्यक्ष देवराज जोशीको सभापतित्वमा प्रशोधन केन्द्रको भवनमा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा वार्ड न. ०३ का सदस्य शेर बहादुर राना, शान्तिपुर सामुदायिक वनका अध्यक्ष ईश्वरी भट्ट रहनु भएको थियो ।

कार्यक्रम संचालक सचिव टेक बहादुर चन्दले गरेका थिए भने स्वागत उपाध्यक्ष रघुवर प्रसाद लेखकले गर्नुभएको थियो । यसैगरी आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोजराज भट्टले प्रस्तुत गर्नुभएको थियो ।
दुई वटै सहकारीको लागत साझेदारी तथा वेदकोट नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार तथा वभिन्न संघ सस्था समेतको सहयोगमा निर्माणाधीन डेरी समेत केहिदिनमा सञ्चालनमा आउने भएको छ । दैनिक २००० लिटर प्रशोधन क्षमता भएको उक्त डेरी छिट्टै सञ्चालनमा आउने भएको छ ।

Indreni

Total
14
Shares
सम्वन्धित समाचार
Total
14
Share