सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

परस्त्री हेरेरै जीवनको छ महिना बिताउँछन् पुरुष, यस्ता छन् ९ रोचक तथ्य

पुरुषहरू बलशाली हुन्छन्, उनीहरू निडर हुन्छन् भन्ने भ्रम धेरैमा पाइन्छ । जब कि पुरुषहरू बाहिरबाट जति कठोर देखिन्छन्, भित्र उति नै नरम मिजासका हुन्छन् ।

उनीहरूलाई हेर्दा त यतिसम्म पनि भनिन्छ कि, उनीहरू जस्ता गम्भीर र बलिया त अरू कोही हुँदैन । तर के हामीले जति सोच्छौ, पुरुषहरू पनि ठ्याक्कै त्यस्तै हुन्छन् त ? पुरुषबारे यस्ता तथ्य, जो उनीहरू आफैंलाई थाहा नहुनसक्छ ।

पुरुषको जीवनसित जोडिएका ९ रोचक तथ्य

World Link Ads
Mahakali Polytechnic

–महिलाको तुलनामा पुरुषको औसत आयु कम हुने गर्छ । औसतमा पुरुषको आयु ६४ वर्ष हुन्छ भने महिलाको आयु ६८ वर्ष हुने गर्छ ।

Dirghayu Ads

–विभिन्न अनुसन्धानहरूले जनाए अनुसार पुरुषको मस्तिष्कको आकार महिलाको तुलनामा आकार करिब दश प्रतिशतसम्म ठूलो हुने गर्छ । यद्यपि कसको दिमाग कति बढी चल्छ भन्ने कुरा सम्बन्धित व्यक्तिको दिमागमा भर पर्ने गर्छ ।

–रमाइलो कुरा के छ भने आकार ठूलो हुनुका बाबजुद पुरुषहरूले आफ्नो दिमागको केवल आधा भाग प्रयोग गर्ने गर्छन् भने महिलाहरू एउटा कुरा गर्न पनि आफ्नो पूरै दिमाग लगाउने गर्छन् । त्यसैले त, महिलाहरू एकै समयमा पनि धेरै काम गर्न सक्षम हुन्छन् भने पुरुषहरू एउटै काम गर्न पनि घण्टौं लगाउने गर्छन् ।

Sana Kishan

–हामी सोच्छौ, पुरुषहरू प्रायः घरमै बसेर मदिरा सेवन गर्न रुचाउँछन् । तर सत्य त यो हो कि उनीहरू घरमा बसेर मदिरा सेवन गर्नुभन्दा बरु एउटी सुन्दर युवतीसित रोमान्टिक ड्राइभमा जान बढी रुचाउँछन् ।

–एउटा पुरुषले परस्त्रीलाई हेर्नमै मात्र आफ्नो जीवनको झण्डै छ महिना खर्चन्छन् ।

–कतिपय महिलाको बानी हुन्छ, धेरै बोल्ने । तर एउटा अध्ययनले जनाए अनुसार महिलाहरू दिनमा बढीमा सात हजार शब्द बोल्छन् भने पुरुषहरू करिब दुई हजार मात्र । आखिर बोल्नका लागि त दिमाग ख्याउनै पर्छ होला नि । अब उनीहरू दिमागको आधा भाग नै प्रयोग गर्दैनन् भने यसमा महिलाहरूको के दोष ?

–अक्सर, महिलाहरूले एउटा आरोप खेप्ने गर्छन् कि उनीहरू धेरै झुटो बोल्छन् । जब कि झुट धेरै बोल्ने मामिलामा पुरुषहरू नै अग्रपंक्तिमा रहने गर्छन् । विभिन्न अनुसन्धानहरूले जनाए अनुसार एउटी महिलाले दिनमा तीनवटा झुट बोल्छिन् भने पुरुषले दिनमा छ वटासम्म झुट बोल्ने गर्छन् ।

–भन्ने गरिन्छ, महिलाहरू ब्रेकअप भएपछि डिपे्रसनमा जान्छन् । जब कि यथार्थ भने अर्कै छ । ब्रेकअप भएपछि महिलाहरू त मुभअन गरिहाल्छन् । बरु पुरुष भने लामो समयसम्म तनावमा रहने गर्छन् ।

–अक्सर, पुरुषहरू बिरामी भएपछि चिकित्सककहाँ जान डराउँछन् । उनीहरू सोच्छन्, चिकित्सकहरूकहाँ जानासाथ कहीँ कतै गम्भीर समस्या त निम्तिँदैन ? त्यसैले समस्या भए पनि पुरुषहरू बरु ऐया, ऐया भनेर कराउँछन् तर रोग निको पार्न तिर कदापि सोच्दैनन् । नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.