Bedkot Samudayik Ban

कंचनपुर क्षेत्र नं २ प्रदेशसभा (ख) को सभापतिमा युवा नेता करन सिंह ऐरको उम्मेदवारी घोषणा

Sana Kishan
Total
2
Shares

जय बहादुर ऐर झलारी,कंचनपुर नेपाली कांग्रेस कंचनपुरका युवा नेता करन सिंह ऐरले प्रदेशसभा क्षेत्र नं २ (ख)को सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औं महाँधिवेशन नजिकिँदै जाँदा उनले आफ्नो उम्मेदवारि घोषणा गरेका हुन्। कांग्रेस नेताहरूले उमेदवारि दिने क्रम जारि नै रहेका वेला उनले नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं २(ख) को सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी संगठन वलियो वनाउन समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रेदेश सभापतिमा उम्मेदवारी घोषणा गरेको युवा नेता ऐरको भनाई रहेको छ।

Arus

कंचनपुरमा वडा तहको अधिवेशन सम्पन्न भईसकेको छ भने गाउँ,नगर, प्रदेश,क्षेत्र,संघियक्षेत्र,अधिवेशन कार्यतालिका सार्वजनिक भएको छ। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत असोज १२ गते प्रेदेशसभा क्षेत्र अधिवेशन हुने कार्यक्रम छ। किशोर अवस्थामामै तीन दशक पहिले देखि नेपाल बिद्यार्थी संघ वाट राजनीति शुरू गरेका ऐरले यस पटक भने प्रदेशसभा सभापतिमा उमेदवारि घोषणा गरेका छन्।१३औं महाधिवेशनमा तत्कालिन कंचनपुर क्षेत्र नं ३ क्षेत्रिय सचिवमा सर्व सम्मत चयन भएका युवा नेता ऐर २०७६ साल भाद्र २२ गते नेपालि काङ्ग्रेस क्षेत्र नं २ प्रदेशसभा(ख) सभापतिमा पनि सर्वसम्मत चयन भएका थिए। कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ४ मा वस्दै आएका युवा नेता ऐरले विपि जयन्तीको अवसर पारि उमेदवारि घोषणा गरेका हुन् । वलियो र द्वढ कांग्रेस वनाउन मैले उमेदवारि घोषणा गरेको हु,विपिको राष्ट्रियता,लोकतन्त्र,समाजवाद संगै किसुनजिको निष्ठा त्याग समर्पणको आदर्श वाट प्रभावित भई राजनितीमा लागेको वताउने नेता ऐरले नेपाली कांग्रेसको महाधिवेशनको पुर्व सन्ध्यामा युवा देखि अग्रज सवै संग प्रदेश सभापति का लागि सम्पुर्णमा सहयोगको अपिल गरिरहेका छन्।

२०४६ साल वाट बिद्यालय स्तरदेखि नेपाल विद्यार्थी संघवाट राजनिती शुरू गरि सिद्वनाथ वहुमुखि क्याम्पस महेन्द्रनगर नेविसंघ संगठन सदस्य रहेका थिए । युवानेता ऐर ले १२औं महाधिवेशनमा तत्कालिन पिपलाड़ी गाउँ कार्यसमिति सह–सचिवको जिम्मेवारी लिदै किसान संघ गाउँ कार्यसमिति सभापतिको जिम्मेवारीको अनुभव उनि संग रही आएको छ। नेपाली कांग्रेस कंचनपुर क्षेत्र नं ३ को पार्टीको क्षेत्रिय सचिव हुँदै छोटो समयका लागि भए पनि प्रदेश सभापतिको कार्यकाल कुशलता पुर्वक संचालन गरिसकेका नेता ऐरले अहिले पनि नेपाल किसान संघ कंचनपुरको सचिवको जिम्मेवारीमा रहेर काम गरिरहेका छन्। राजनितीक जिवनको यात्रा संग–संगै उनले विभिन्न सामाजिक संघ संस्था मा समेत नेतृत्व गरिसकेका छन्।

युवा देखि वृद्ध सम्म मिलायर लैजान सक्ने क्षमता राख्ने भएकाले उनी दिनप्रतिदिन लोकप्रिय नेताका रूपमा चिनिदै आएका छन्। कांग्रेस लाई वलियो वनायर जनताको घर–घरमा पुयाउन पार्टीलाई चलायमान वनाउने उनको दावि रहेको छ। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ लोकतन्त्र कमजोर भयो भने जनता कमजोर हुने भएकाले असल नेतृत्व छनौटका लागि मैले ईच्छा प्रकट गरेको हु । साथिभाई पार्टीका नेता आम जनसमुदायको साथ,सहयोग अनि समर्थन जुटिरहेकाले सवै शुभ चिन्तकको भावना अनुसार अगाडि वढिरहेको र निरन्तर समाज सुधार को पक्ष मा रहने प्रतिबद्दता जनाए। रेडियो मनको आवाज बाट सभार

Karnali Traders

Total
2
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share