बैंकहरुले ब्याजदर बढाए, कुन बैंकको कति बढ्यो ?

Sana Kishan
Total
18
Shares

वाणिज्य बैंकहरुले आज शुक्रवारदेखि गतेदेखि लागू हुने गरी निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका छन् ।

Arus

भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । सबैभन्दा बढी सनराइज बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १० दशमलव ०७ प्रतिशत र ग्लोबल आईएमई बैंकले मुद्दतीको ब्याजदर १० दशमलव ५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ७ दशमलव २५ प्रतिशतबाट ९ दशमलव ०६ प्रतिशत, प्राइम बैंकले ७ दशमलव ७६ प्रतिशतबाट ९ दशमलव ७६ प्रतिशत, एनएमबी बैंकले ७ दशमलव ५० प्रतिशतबाट ९ दशमलव ५२ प्रतिशत र सानिमा बैंकले ६ दशमलव ८५ प्रतिशतबाट ९ दशमलव ५१ प्रतिशत ब्याजदर पुर्याएका छन् ।

यस्तै नविल बैंकले ७ दशमलव ५१ प्रतिशतबाट ९ दशमलव २६ प्रतिशत, एनसीसी बैंकले ८ प्रतिशतबाट ९ दशमलव २६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७ दशमलव १ प्रतिशतबाट ९ दशमलव ५० प्रतिशत, सिभिल बैंकले ८ दशमलव ७८ प्रतिशतबाट ९ दशमलव २५ प्रतिशत र सेञ्चुरी बैंकले ७ दशमलव ५० प्रतिशतबाट ९ दशमलव २५ प्रतिशत पुर्याएका छन्।

नेपाल बङ्गलादेश बैंकले ७ दशमलव ५० प्रतिशतबाट ८ दशमलव ७६ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशतबाट ९ दशमलव ०२ प्रतिशत ब्याजदर कायम गरेको छ । एभरेस्ट बैंकले ७ प्रतिशतबाट ८ दशमलव ६१ प्रतिशत, कृषि विकास बैंकले ७ दशमलव ५० प्रतिशतबाट ८ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकले ७ दशमलव ०५ प्रतिशतबाट ८ दशमलव ७५ प्रतिशत, र नेपाल एसबीआई बैंकले ७ दशमलव ५५ प्रतिशतबाट ८ दशमलव ५५ प्रतिशत निक्षेपको ब्याजदर पुर्याएका छन् ।

Indreni

नेपाल इन्भेस्टमेन्ट बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, बैंक अफ काठमाण्डौले ७ प्रतिशतबाट ८ दशमलव २७ प्रतिशत, हिमालयन बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, लक्ष्मी बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, कुमारी बैंकले ७ दशमलव ६५ प्रतिशतबाट ८ दशमलव १५ प्रतिशत प्रभु बैंकले ७ दशमलव ७५ प्रतिशतबाट ८ दशमलव २५ प्रतिशत मुद्दती निक्षेपको ब्याजदर पुर्याएका छन् । उज्यालो अनलाइन बाट सभार

 

Total
18
Shares
सम्वन्धित समाचार
Total
18
Share