सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालटारमा ट्राफिक प्रहरीको नयाँ भवन निर्माण

तारकेश्वर नगरपालिका–११ नेपालटारमा महानगरीय ट्राफिक प्रहरी प्रभागको नयाँ भवन निर्माण भएको छ। नगरपालिकाद्वारा नवनिर्मित तीनकोठे भवनको आज उदघाटन भएको छ।

उदघाटनमा महानगरीय ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप वृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरी आवश्यकताअनुसार ट्राफिक प्रहरी परिचालन गरिँदै आएको बताए।

पछिल्लो समय तारकेश्वर नगरपालिका क्षेत्र बढी व्यस्त हुँदै गएसँगै सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि परिचालित ट्राफिक प्रहरीलाई नयाँ भवनले सहज र प्रभावकारी व्यवस्थापन गर्न महत्वपूर्ण हुने उनले उल्लेख गरे।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

एसएसपी भट्टराईले उपत्यकाभित्र जनघनत्व बढेका ठाउँमा स्थानीय निकायसँग समन्वय गरी आवश्यकताका आधारमा ट्राफिक प्रहरी परिचालन गरेको र आगामी दिनमा चक्रपथ बाहिरका केही स्थानमा अध्ययन गरी नयाँ ट्राफिक प्रहरी प्रभागसमेत स्थापना गर्ने योजना रहेको बताए।

Dirghayu Ads

कार्यक्रम वडा–११ का अध्यक्ष बिन्दा बुढाथोकीको सभापतित्वमा भएको थियो भने तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोरा प्रमुख अतिथि तथा उपमेयर भवानी डोटेल विशेष अतिथि, एसएसपी भट्टराई र महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह रहेका थिए। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.