सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र बनाउनसक्छन् तपाईको पार्टनरले अर्कैसँग सम्बन्ध

कुनै पनि सम्बन्धलाई बलियो बनाउनका लागि प्रेम, भरोसा र भावनाको कदरको आवश्यकता पर्छ । यदी सम्बन्धमा यी कुराको अभाव देखियो भने सम्बन्धको डोरी कमजोर बन्न थाल्छ र धेरै दिनसम्म टिक्न सक्दैन्।

विवाह सम्बन्ध निभाइरहेका दम्पत्तिले समझदारीको दायित्व निर्वाह गर्नु पर्नेमा विशेष ख्याल गर्नु पर्ने हुन्छ। आज हामी तपाईलाई पति र पत्नीको सम्बन्धका बारेमा जानकारी दिदैछौँ । शास्त्र र पुराणमा यो सम्बन्धलाई ७ जन्मको सम्बन्ध मानिने गरिन्छ।

अहिलेको जमानामा ७ जन्म त के एकै जन्म राम्रोसँग चल्नपाए यही ठूलो कुरा मानिने गरिन्छ। आज हामी तपाईले के कारणले पति र पत्नीको सम्बन्ध टुट्ने गर्छ र उनीहरुको दोस्रो व्यक्तिसँग अफेयर शुरु हुन्छ भन्ने बारेमा जानकारी दिदैछौँ ।

World Link Ads
Mahakali Polytechnic

पहिलो प्रेमको याद
अहिलेको समयमा विवाह अघि प्रेमी प्रेमिका हुनु सामान्य जस्तै बनेको छ। यदी यस्तो स्थितीमा उनीहरुको विवाह अर्कैसँग हुनु र विवाहपछि आफ्नो पहिलो प्रेमका बारेमा याद आउन लाग्यो भने उक्त विवाह सम्बन्ध कमजोर बन्न थाल्छ।

यस्तो अवस्थामा विवाहपछि पति वा पत्नीको दोस्रो व्यक्तिसँग अफेयर शुरु हुनसक्ने अवस्था समेत आउने गर्दछ। त्यसैले वितेका कुरा भन्दा भविष्यका बारेमा सोच्नु राम्रो हुन्छ।

घरेलु हिंसा
पति पत्नीको सम्बन्ध टुट्नु वा दोस्रो व्यक्तिसँग अफेयर शुरु हुनु अर्को कारण हो घरेलु हिंसा । मनोचिकित्सकका अनुसार हरेक व्यक्तिले जीवनमा प्रेम र इज्जत चाहने गर्छन्।

Sana Kishan

यदी कुनै व्यक्तिको जीवनमा यी कुराको अभाव हुन थाल्यो भने सम्बन्ध कमजोर बन्न थाल्छ। जब पति आफ्नी पत्नीको इज्जत गर्न जान्दैन र प्रेम पनि गर्दैन भने यस्तो अवस्थामा उनीहरुको सम्बन्ध धेरै दिन टिक्न सकदैन्।

बदलाको भावना
कयौँ पटक यस्तो हुने गर्छ की पत्नी आफ्नो पतिसँग बदला लिनका लागि पर पुरुषसँग सम्बन्ध राख्ने गर्छन्। मनोवैज्ञानिकका अनुसार यिनीहरुले भविष्यमा यसको परिणाम के होला भन्ने बारेमा सोच्दैनन्। केवल बदला कसरी लिने भन्ने सोच मात्र यिनीहरुको हुने गर्छ। यसो गर्दा पनि पति पत्नीको सम्बन्ध कमजोर हुने गर्छ।

जबरजस्ती बिहे
कयौँ पटक यस्तो पनि हुने गर्छ की जब महिला वा पुरुषको विवाह उनीहरुको मर्जी बिना गरिन्छ। जबरजस्ती विवाह हुँदा पति वा पत्नीबीच कुरा मिल्दैन् । र हरेक कुरामा झगडा हुन थाल्छ । यस्तो सम्बन्ध पनि धेरै लामो समय टिक्दैन।

रोमान्समा कमी
पति पत्नीको सम्बन्धमा रोमान्सको पनि महत्वपूर्ण भूमिका रहन्छ। मनोवैज्ञानिकका अनुसार यदी पति पत्नीबीच रोमान्समा कमी आउन थाल्यो भने सम्बन्ध बिग्रिन थाल्छ।

जब पति पत्नीले एक अर्कालाई समय दिदैनन्। र सधै व्यस्त रहन्छन्। यिनीहरुको सम्बन्ध पनि धेरै लामो समयसम्म टिक्दैन्। यस्तो अवस्थामा पति वा पत्नी दोस्रो व्यक्तिसँग अफेयर शुरु गर्न पनि पछि पर्दैनन्।

भावनाको कदर
भावनाको कदर हरेक सम्बन्धमा निकै महत्वपूर्ण हुने गर्छ। यदी पति पत्नीबीच एकअर्काको भावनाको कदर गरिदैन भने सम्बन्ध बिग्रिन थाल्छ। त्यसैले जब पति दुखमा हुँदा पत्नी र पत्नी दुखमा हुँदा पतिले एक अर्कालाई बुझ्न र सहयोग गर्न आवश्यक छ। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.