कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा गोदावरीका एक युवकको मृत्यु

Sana Kishan
Total
2
Shares

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा गोदावरीका एक युवकको एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिकाको वडा नम्बर २ घर भएका ३० वर्षीय टेक बहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।

Arus

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बोहराको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मोटरसाइकल पछाडि सवार रहेका गोदावरी नगरपालिका वडा नम्बर २ कै रामबहादुर पाल घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

अत्तरिया धनगढी ६ लेन सडक अन्तर्गत धनगढी ३ चटकपुरमा पार्किङ गरी राखेको ना ४ ख ३४२५ नम्बर ट्रकसँग से ४ प ८७३ नम्बरको मोटरसाइकल ठोक्किएको हो । ट्रक चालक २८ वर्षीय दीपक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोदावरी न्युज बाट सभार

Indreni

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share