सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वस्थ्यकर पेय सर्वत : यसरी घरमै बनाउन सकिन्छ

लकडाउनले केही त फाइदै भएको छ । खासगरी बालबच्चालाई जंकफुडको लतबाट छुटाएर आफ्नै भान्सामा पाक्ने थरीथरी खानामा अभ्यस्त बनाउन पाइएको छ । यतिबेला उनीहरूलाई चिसो पेयको पनि तलतल लाग्न सक्छ । यसका निम्ति किन घरमै स्वादिलो पेय नबनाउने ?

हामीकहाँ परम्परादेखि नै सर्वत खाने चलन छ । सर्वतले अहिलेका बालबच्चालाई पनि लोभ्याउन सक्छ । यसले उनीहरूको तिर्खा मात्र मेट्ने छैन, स्वस्थ्यलाई लाभ पनि मिल्नेछ। सर्वत बनाउन न समय लाग्छ, न श्रम । न पैसा खर्च हुन्छ, न स्वास्थ्यलाई बेफाइदा । गर्मीमा योभन्दा सर्वोत्तम विकल्प अरू के हुन सक्छ ?

चिकित्सकहरू भन्छन्, गर्मीयाममा शरीरलाई ८० प्रतिशत पानीको आवश्यकता पर्छ। गर्मीमा पसिना बढी बग्ने हुँदा पनि शरीरमा पानीको अभाव हुन्छ । तर, शरीरलाई आवश्यक पानीको मात्रा अन्य कृत्रिम पेयले मेट्न थालियो भने त्यसले अरू नकारात्मक असर गर्न सक्छ । किनभने यस्ता पेयलाई स्वादिलो बनाउने, लामो समय भण्डारण गर्न र आकर्षक देखाउनका लागि हानिकारक रसायनको प्रयोग गरिएको हुने विभिन्न अध्ययनहरूले देखाइसकेको छ ।

World Link Ads
Mahakali Polytechnic

यसर्थ आफ्नो हातले बनाएको सर्वत नै हाम्रो लागि भरपर्दो पेय हो ।

सर्वत वास्तवमा घरेलु पेय हो, जसमा आवश्यकताअनुसार गुलियो र अन्य स्वाद मिश्रण गर्न सकिन्छ । हाम्रा पितापूर्खाले सख्खरको सर्वत खाने प्रचलन नै चलाएको छ । परम्परागत हिसाबले सख्खर, चिनी, घिउ, दही मिसाएर सर्वत बनाइन्छ ।

यद्यपि अहिले मह, कागती, पुदिना आदि मिश्रण गरेर पनि सर्वत बनाउन सकिन्छ । सर्वतमा स्वादअनुसार नुन र मरिच पनि मिसाउन सकिन्छ ।

त्यसो त तपाईंसँग जे उपलब्ध छ, त्यसबाट मात्र पनि सर्वत बनाउन सक्नु हुन्छ । जस्तो कागती पानी । पुदिना र पानी । यसमा गुलियोको लागि मह वा सख्खर लगाउन सकिन्छ ।

त्यसैगरी कुनै रसिलो मौसमी फलको पनि सर्वत बनाउन सकिन्छ । जस्तो खरबुजा । यसमा म्याग्नेसियम, सोडियम, फस्फोरस, क्याल्सियम, भिटामिन बि जस्ता पोषक तत्व पाइन्छ ।

Sana Kishan

सर्वत बनाउने भाँडा

अहिले हामी पानीलाई चिस्याउन फ्रिजमा राख्ने गर्छौं । जबकि फ्रिजको पानी पिउन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । अर्कोतिर सर्वत बनाउनका लागि आवश्यक पानी चिसो हुनुपर्छ । चिसो पानीकै सर्वत बनाएर पिउँदा बढी स्वाद हुने हो । अतः पानीलाई प्राकृतिक रुपमा चिसो बनाउनका लागि माटो, तामा र पित्तलको भाँडो÷गाग्रीमा पानी राख्ने गरिन्छ । माटो तथा तामा र पित्तलजस्ता धातुको भाँडामा राखिएको पानी यसैपनि स्वास्थ्यवर्धक हुन्छ ।

सर्वत खाने बेला

हाम्रा पितापूर्खाले मौसम एवं समयअनुसार कस्तो खानपान खाने, कसरी खाने भन्ने संस्कारको विकास गरे । यसलाई उनीहरूले धर्मसँग जोडिदिए, जसले गर्दा यस्ता संस्कारलाई पुस्तौ–पुस्ताले अँगाल्दै जानेछ ।

अतः यो मध्यगर्मीमा सर्वत र सातु खाने प्रचलन छ । खासगरी वैशाख शुक्ल तृतीयाको दिन सर्वत पिउने गरिन्छ । यसरी पिउने सर्वत माटो, तामा वा पित्तलको भाँडोमा राख्ने गरिन्छ ।

यस दिन सर्वत आफूले मात्र पिउने होइन, अरूलाई पनि पिउन दिने गरिन्छ । कतिपयले बाटोमा हिँड्नेहरूलाई पनि सर्वत दिने गर्छन् । यसरी तिर्खाएका व्यक्तिलाई सर्वत पिउन दिएपछि धर्म हुन्छ भन्ने विश्वास छ । यसदिन सर्वतसँगै जौको सातु पनि खाने प्रचलन छ ।

धार्मिक आस्था

वैशाख अक्षय तृतीयाका दिन जौको सातु र सर्वत दान गर्ने धार्मिक परम्परा पनि छ । त्यसदिन सख्खर र महको सर्वत तथा जौको सातु दान गर्नाले मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । धार्मिक विश्वास के छ भने यसदिन गरिएका सबै सत्कर्म अर्थात् राम्रो कामबाट अक्षय पुण्य प्राप्त हुन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नहुने भन्ने हो । अनलाइनखबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.