सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदमा के छ ?

सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान । वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो । के भनिन्छ भने, यसमा मान्छेको हरेक समस्याको समाधान छ । वेदमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ ।

अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरे र ऋग्वेद, युजुर्वेद, सामवेद र अथर्ववेदको प्राप्त भएको मानिन्छ । प्रथम तीन वेदलाई अग्नि, वायु र सूर्य (आदित्य)सँग जोडिन्छ । एक ग्रन्थ अनुसार ब्रम्हाजीको चार मुखबाट वेदको उत्पति भएको हो ।

यसैगरी मानव सभ्यताको लगभग सबैभन्दा पुरानो लिखित दस्तावेज पनि हो वेद ।

World Link Ads
Mahakali Polytechnic

वेदको उपवेद

Dirghayu Ads

ऋग्वेदबाट आयुर्वेद, यजुर्वेदबाट धनुर्वेद, सामवेदबाट गन्धर्ववेद र अथर्ववेदबाट स्थापत्यवेद । यी क्रमस चार वेदको उपवेद मानिन्छ ।

वेदको विभाग चार

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग–स्थिति, यजु–रुपान्तरण, साम–गतिशील र अथर्व–जड । ऋकलाई धर्म, यजुः लाई मोक्ष, सामलाई काम, अथर्वलाई अर्थ पनि भनिन्छ । यसै आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको थियो ।

ऋग्वेद

Sana Kishan

ऋक अर्थात स्थिती र ज्ञान । ऋग्वेद सबैभन्दा पहिलो वेद हो, जो पद्यात्मक छ । यसको १० अध्याय र १०२८ सूक्त छ । जसमा ११ हजार मन्त्र छ । यस वेदको पाँच शाखा छ, शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मंडूकायन । ऋग्वेदमा जल चिकित्सा, वायु चिकित्सा, सौर्य चिकित्सा, मानस चिकित्सा र हवन द्वारा चिकित्सा आदिको पनि जानकारी छ । ऋग्वेदको दशौं अध्यायमा औषधी सूक्त अर्थात औषधीबारे जानकारी छ । यसमा औषधीको संख्या १ सय २५ लगभग बताइएको छ, जो एक सय सात स्थानमा पाइन्छ ।

यजुर्वेद

यजुर्वेदलाई अर्थ ः यत् र जु अर्थात यजु भनिएको छ, जसको अर्थ गतिशिल आकास भन्ने लाग्छ । यजुर्वेदमा यज्ञको विधी, यज्ञमा प्रयोग गरिने मन्त्रबारे जानकारी छ । यज्ञका साथै तत्वज्ञानको वर्णन छ । ब्रम्हाण, आत्मा, ईश्वर र पदार्थको ज्ञान छ । यो वेद गद्यमय छ । यसमा यज्ञको असल प्रक्रियाको लागि गद्यमन्त्र छ ।

सामवेद

सामको अर्थ रुपान्तरण र संगीत भन्ने लाग्छ । सौम्यता र उपासना पनि । यस वेद ऋग्वेदको ऋचाको संगीतमय रुप हो । सामवेद गीतात्मक अर्थात गीतको रुपमा छ । यस वेदलाई संगीत शास्त्रको मूल मानिएको छ ।

अथर्वदेव

थर्वको अर्थ हो कम्पन, अथर्वको अर्थ को अंकपन । ज्ञानबाट श्रेष्ठ कर्म गरेर जो परमात्ममाको उपासनामा लीन हुन्छन् उनैले मोक्ष धारण गर्छ । यस वेदमा रहस्यमयी विद्या, जडीबुटी, चमत्कार, आयुर्वेदबारे जानकारी छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.