सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलाई चौकीदार भन्दा खुशी लाग्छ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई कसैले चौकीदार भन्दा खुशी लाग्ने बताएका छन् ।

विगतमा भारतमा चौकीदार गरेकाले आफूहरुलाई अझै कतिपयले चौकीदार भन्ने गरेको भन्दै उनले भने ‘केही सम्भ्रान्तहरु मलाई भारतको चौकीदार भनेर सम्बोधन गर्छन्, मलाई त्यसो भन्दा कुनै आपत्ति छैन, बरु खुशी लाग्छ ।’

उनले भारत गएर नोकरी गर्नु आफ्नो रहर नभएर बाध्यता भएको बताए । माओवादीको सिद्धान्त र आन्दोलनले नै देशमा परिवर्तन सम्भव भएको मुख्यमन्त्री भट्टको दाबी थियो ।

World Link Ads
Mahakali Polytechnic

‘साधारण व्यक्ति पनि राज्यका महत्वपूर्ण निकायमा प्रतिनिधित्व गर्ने व्यवस्था हामीले ल्याएका छौं’ नेकपा (माओवादी केन्द्र) डोटीले बिहीबार सदरमुकाम सिलगढीमा गरेको कार्यक्रममा उनले भने, ‘यो कम्युनिष्ट सिद्धान्त र माओवादीको अभियानले नै सम्भव भएको हो ।’

Dirghayu Ads

उनले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओलीका कारण विघटन भएको बताए । उनले थपे ‘दुई पार्टी मिलेर विशाल पार्टी बन्दा हामी खुशी थियौं, जनताले हामीलाई विश्वास पनि गरेका थिए तर ओलीको शैलीका कारण फेरि हामी अलग अलग पार्टी भयौं ।’

Sana Kishan

तीन वर्षको अवधिमा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको मुख्यमन्त्री भट्टको दावी छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाका सदरमुकाम जोड्ने मात्रै सडक कालोपत्र भएकोमा प्रदेश सरकारले शाखा सडकहरु पनि कालोपत्रे गरेको उनले बताए । ‘डडेल्धुराबाट पाँच पाँच पटक प्रधानमन्त्री भए तर बुडरबाट जोगबुडा जाने सडक पीच भएन’ उनले भने ‘प्रदेश सरकारले त्यो पनि पिच गरेको छ ।’

खुटिया सडक मेरै नेतृत्वमा बन्छ

मुख्यमन्त्री भट्टले खुटिया–बीपीनगर–दिपायल सडक आफ्नै नेतृत्वमा निर्माण कार्य सम्पन्न हुने दावी गरे । ‘बीपीनगरदेखि दिपायलसम्म ट्रयाक खुलिसकेको छ, अब वर्षा सकिनेबित्तिकै हाम्रा गाडीहरु चल्छन्’ उनले भने ‘स्याउलेदेखि बीपीनगरसम्म केही ठाउँमा काम हुन बाँकी छ, त्यो पनि छिटै पूरा हुन्छ ।’

मुख्यमन्त्री भट्टले खुटिया सडक माओवादीको अवधारणा भएको बताए । द्वन्द्वको बेला आफूहरु त्यो बाटो हिन्दा दिपायल जान यो बाटो छोटो हुने भन्ने सोचेर नै योजना अघि बढाएको उनको दावी छ । ‘यो सडक भारत र चीनलाई जोड्ने सडक हो’ मुख्यमन्त्री भट्टले भने ‘त्यसकारण यस सडकको महत्व अझ बढेको छ ।’ अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.