सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अष्टलक्ष्मीलाई ओलीको प्रश्न : फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेको उनले बताए ।

काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् ।

नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उनले भनेकी थिइन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’

World Link Ads
Mahakali Polytechnic

शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताए ।

उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’

Sana Kishan

माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए ।

प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दे ओलीले अघि भने, ‘जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ ।’ कम्युनिस्टको दुई तिहाईको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र, कसको डुंगा डुब्न लाग्यो ?’

लामो समय माधव नेपाल समूहमा रहेको, तर नयाँ पार्टीमा नगएर एमालेमै बसेका नेताहरुतर्फ संकेत गर्दै ओलीले लामो समय सँगै काम गर्दा माया ममता हुने भएपनि त्यसलाई छाड्नुपर्ने बताए । ‘आज देशमा निकम्मा सरकार छ, माधव नेपालजीले एमालेमाथि हमला गरेर यो अवस्था ल्याएको,’ उनले भने ।

उनले माधव नेपाल बाहेक अरुलाई पार्टीमा फर्किन आहृवान समेत गरेका छन् । एमाले अध्यक्ष ओलीले अघि भने, म माधव नेपाल,घरमा आगो लगाएर खरासी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । माधव नेपालले झुक्याएका, भ्रममा पारेका नेता कार्यकर्ता पार्टीमा फर्किनुस् ।’ अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.