बैतडी : नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

Sana Kishan
Total
28
Shares

बैतडी – जिल्लामा अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

Arus

माधवीलाई न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। माधवीले भदौ ६ गते अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई जन्मनेबितिक्कै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेकी थिइन्। त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो ।

महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेस गरेको थियो। माधवीका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारी गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमती गरेका ती किशोर हाल फरार छन्। माधवीका घरमा १३ वर्षीय छोरा पनि छ । गोदावरी न्युज बाट सभार

Indreni

Total
28
Shares
सम्वन्धित समाचार
Total
28
Share