परिवर्तित र एकता प्रक्रियासहित जेठ २ मा फर्किएका हौँ : ईश्वर पोखरेल

Sana Kishan
Total
28
Shares

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी परिवर्तित र एकता प्रक्रियासहित २०७५ जेठ २ मा फर्किएको बताएका छन्।

Arus

बिहीबार काठमाडौं जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको १० बुँदे सुझावलाई यिनै मान्यताका साथ पार्टी केन्द्रले ग्रहण गरेको दाबी गरे ।

१० बुँदे सुझाव कार्यान्वयन गर्नका लागि नेतृत्व प्रतिवद्ध छ, पोखरेलले भने, ‘तर अब विकसित र परिवर्तित एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ। जेठ २ को कुरा यान्त्रिक ढंगले मात्रै बुझियो भने गलत हुन्छ।’

पार्टी एकताको कुरा गर्ने भए पार्टीका पक्षमा दृढतापूर्वक उभिनुपर्ने पोखरेलको भनाइ छ। अहिले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित देखिएको भन्दै महासचिव पोखरेलले जनतामाझ जान नेता कार्यकर्तालाई निर्देशन दिए।

Indreni

पार्टी पंक्तिमा अध्ययन र प्रशिक्षणको कमी रहेको उनले बताए। अन्तरपार्टी निर्देशन र आधिकारिक वक्तव्य नपढ्ने, सामाजिक संजाल र संचारमाध्यमले लेखेकै आधारमा धारणा बनाउने गरिएको भन्दै उनले असन्तुष्टि जनाए। थाहा खबर बाट सभार

 

Total
28
Shares
सम्वन्धित समाचार
Total
28
Share