Bedkot Samudayik Ban

बझाङ जिल्लामा वृद्धाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

Sana Kishan
Total
70
Shares

जिल्लामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–६ की ८० वर्षीय रीठीदेवी जप्रेलको शव बिहीबार बिहान फेला परेको हो। उनको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Arus

भदौ २७ गतेदेखि बेपत्ता रहेकी उनको खोजी गर्ने क्रममा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । उनका अनुसार हत्याको आशंकामा उनका २१ वर्षीय नाति शुवास जप्रेल पक्राउ परेका छन्।

फरार अवस्थामा रहेका उनी खोजी गर्ने क्रममा बिहीबार नै पक्राउ परेको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेका शुवासलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको र बाँकी विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायव उपरीक्षक खड्काले बताए । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
70
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
70
Share