Bedkot Samudayik Ban

कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु

Sana Kishan
Total
22
Shares

३१ भदौ । कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव बिहीबार बिहान फेला परेको छ । बुधबार साँझ नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्तको अबेर रातीसम्म खोजी गर्दा कुनै पत्तो नलागेपछि बिहीबार बिहान पुनः सुरक्षाकर्मी र स्थानीय युवाहरूको टोली खोजीका लागि खटिएको थियो ।

Arus

त्यस क्रममा पन्तको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताउनु भयो । पन्तको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

त्यस्तै, कञ्चनपुरको बेलौरी स्थित बन्दा तालमा डुबेर बेलौरी नगरपालिका वडा नम्बर ३ पडाव बस्ने २५ वर्षीय जीत बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।

Karnali Traders

बुधबार अपराह्न बन्दा तालमा डुबेको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरूको संयुक्त टोली उद्धारमा खटिएको थियो । करिब दुई घण्टापछि तालको दलदलमा फसेको अवस्थामा चौधरीको शव परेको थियो । सशस्त्र प्रहरी बल नेपाल, शैलेश्वरी गण झलारीमा कार्यरत रहेका चौधरी बिदामा घर आएको बेला नजिकैको बन्दा तालमा गएको र अकस्मात् तालको पानीमा डुबेर ज्यान गुमाएको बताइएको छ ।

Total
22
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
22
Share