Bedkot Samudayik Ban

बैतडीको दुर्घटनामा परि गम्भिर घाईते भएका जोशीलाई प्लेन चार्टरगरी धनगढी लगियो !!

Sana Kishan
Total
104
Shares

बैतडीः जिल्लाको पाटन नगरपालिका ६ बेडौतीमा सडक दुर्घटनामा परी गम्भिर घाइते भएका उद्धव जोशीलाई प्लेन चार्टर गरी धनगढी लगिएको छ । दुर्घटना लगत्तै उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा डडेल्धुरा अस्पतालले धनगडी रेफर गरेको थियो । स्थलमार्गबाट ढिलो हुने भन्दै पुनः पाटन ल्याएर प्लेन चार्टर गरी धनगढी लगिएको हो ।

Arus

आज बिहान सवा ९ बजे दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ स्थित बेडौती भन्ने स्थानमा पाटनबाट खोडपेतर्फ आउदै गरेको से १ ज ६३४ नं को जिपले र बेडौतीबाट पाटन तर्फ गइरहेको भे ७ प ४३४५ नंको मोटसाईकललाई ठक्कर दिएको हो । उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना र जिप चालक घाईते भएका हुन ।

घाइेते जोसीलाई धनगढी रेफर गरिएको छ भने मोटरसाईकलमा पछाडी सवार पाटन ६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

घाइते पनतको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने । जिप चालक भट्टराईको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

 

Karnali Traders

(ईन्फो खबर डटकम बाट साभार)

Total
104
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
104
Share