Bedkot Samudayik Ban

कञ्चनपुर : बन्दातालमा डुबेर एक जनाको मृत्यु, दैजी नहरमा डुबेर एक जना बेपत्ता

Sana Kishan
Total
28
Shares

कञ्चनपुरको बेलौरी स्थित बन्दातालमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार अपराह्न बन्दातालमा डुबेर बेलौरी नगरपालिका वडा नम्बर ३ पडाव बस्ने २५ वर्षीय जीत बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । बन्दातालमा डुबेको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरूको संयुक्त टोली उद्धारमा खटिएको थियो । चौधरी सशस्त्र प्रहरी बल नेपालमा कार्यरत थिए । मृतकको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ ।

Arus

त्यस्तै, बुधबार साँझ कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्त डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता पन्तको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताउनु भयो । हरिश्चन्द्र बागले नेपालबोधडटकममा लेखेका छन्।

Karnali Traders
Total
28
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
28
Share