Bedkot Samudayik Ban

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी

Sana Kishan
Total
16
Shares

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी सर्वसम्मत चयन भएका छन ।
बुधबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको १३औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा गिरी सर्वसम्मत भएका हुन । गिरीको अध्यक्षतामा १३ कार्यालय सदस्य र ६५ जिल्ला सदस्य चयन गरिएको क्रान्तिकारी नेता दिपकराज अवस्थीले बताए । उनका अनुसार कार्यालय सदस्य तर्फ प्रेम रावल, किशोर भट्ट, तिलम माल, भुवन विष्ट, शुनिल सेटी, सुरेश भट्ट, दिपकराज अवस्थी, डम्बर कुँवर, दल ब. धामी, रेशम चौधरी, लाल बहादुर विक सहित रहेका छन ।

Arus

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा चयन भएका विद्यार्थी नेताले विद्यार्थीको हक हितका साथै जिल्लाको शैक्षिक सुधारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । झण्डै एक दशक बढि समयदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा होमिएका नेता गिरीले संगठनले दिएको जिम्मेबारी निर्भिकतामा साथ पुरा गर्ने प्रण गरेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका निर्वतमान अध्यक्ष बिरेन्द्र राज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका इन्चार्ज खगराज भट्ट(बिनोद) प्रमुख अतिथि रहेका थिए, क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द् बस्नेत, क्रान्तिकारीका केन्द्रीय सदस्य भीम भट्ट सहितका नेताहरुको उपस्थिति रहेको थियो । बेलडाँडी पोस्ट बाट सभार

Karnali Traders

Total
16
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
16
Share