Bedkot Samudayik Ban

हामी केही भाँडिएका हौँ तर, माधव कमरेडले बुझ्‍न सक्नुभएन : घनश्याम भुसाल

Sana Kishan
Total
16
Shares

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र सबैले केही न केही गल्ती गरेको स्वीकार गरेको छन्।

Arus

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, लोकतान्त्रिक व्यवस्था बलियो बनाउन लागेका थियौँ। त्यसबीचमा केके भए सबैले समीक्षा गर्नुपर्छ। हामी बीचमा केही भाँडिएका हौँ। गल्ती भएको छ। हामी घाइते भएका छौँ। कोकोबाट केके गल्ती भयो सबैले ल्याऔँ। त्यसबारे सबैले समीक्षा गरौँ।

नेकपा एमाले भनेको लोकतान्त्रिक पार्टी भएको बताए। पार्टी बलियो बनाएर अगाडि बढ्नका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ।

नेता भुसालले भने, ‘हामी पार्टीलाई बलियो बनाउनुपर्छ भन्नेमै छौँ। त्यो कुरा माधव कमरेडलाई बुझाउन सकेनौँ। नबुझेको पनि होइन। तर, किन नबुझेको जस्तो गर्नुभयो। कमरेड माधव नेपालले पनि यो कुराको सामना पर्नुपर्ने हो। मलाई लाग्छ। उहाँहरूले बुझ्नुहुन्छ।’

एमाले विधान अधिवेशन र महाधिवेशनबाट एकताबद्ध पार्टी बनेपछि माधव नेपालले पनि कुरा बुझ्ने उनले दाबी गरे। पार्टीमा रिस, गाली र प्रतिस्पर्धा गर्न लायक कोही नभएको बताए।

Karnali Traders

‘एमाले पछारिएको हो। धुलो टक्टक्याएर फेरि उठ्छ’ उनले भने,‘लोकतन्त्र र स्थिरता हामीले एकैपटक खोजेको हौँ। लोकतन्त्रलाई बलियो बनाएर समाजवादको लक्ष्यमा जानको लागि दलाल पूँजीवादले रोक्न खोजिरहेका छ।’

दलाल, पूँजीवादले संसद्, न्यायालय सबै किनिसकेको आरोप लगाए। देश र जनताको लागि एमालेले जिम्मेवार बन्नुपर्ने उनले बताए। थाहा खबर बाट सभार

 

Total
16
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
16
Share