Bedkot Samudayik Ban

बैतडीः जीपले मोटरसाईकलाई ठक्कर दिदा ३ जना घाईते

Sana Kishan
Total
70
Shares

बैतडीमा मोटरसाईकललाई जिपले ठक्कर दिदा ३ जना घाइते भएका छन् । दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ स्थित बेडौती भन्ने स्थानमा पाटनबाट खोडपेतर्फ आउदै गरेको से १ ज ६३४ नं को जिपले बेडौतीबाट पाटन तर्फ गइरहेको भे ७ प ४३४५ नंको मोटरसाईकललाई आज बिहान ९ः१५ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना र जिप चालक घाईते भएका हुन ।

Arus

घाइते हुनेमा मोटरसाईकल चालक पाटन ६ बस्ने ३६ वर्षीय उद्धब जोसी, मोटरसाईकलमा पछाडी सवार सोहि ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

मोटरसाईकल चालक जोसीको अवस्था गम्भिर रहेको छ । उनलाई डडेल्धुरा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । मोटरसाईकल पछाडि सवार पन्तको डडेल्धुरामा उपचार भइरहेको छ । जिप चालक भट्टराईको भने पाटन प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिपमा जिप साहु र चालक मात्रै सावर थिए । रेडियो सेभेन स्टार बाट सभार

Karnali Traders

Total
70
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
70
Share