सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु

कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा एक साइकल चालकको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका –५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर –५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Sana Kishan

एम्बुलेन्स बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको रहेको र चालक भीमदत्त नगरपालिका –१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा रहेको बताइएको छ। दुर्घटनापछि स्थानीयले बिहानैदेखि सडक समेत अवरुद्ध गरेका छन् । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.