सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालबच्चाले पनि गर्छन् आमाबुवासँग भावनात्मक अत्याचार

बालबच्चालाई कसरी हुर्काउने ? कस्तो व्यवहार गर्ने ? के सिकाउने ? अक्सर आमाबुवाहरु यही कुरामा चिन्तित रहने गर्छन् । बालबच्चा हुर्काउने क्रममा कुनै गल्ती कमजोरी पो हुन्छ कि ? आफ्नो बोली–व्यवहारले बालबच्चाको भावनामा ठेस लाग्छ कि ? आमाबुवाहरु सर्तक हुने गर्छन् ।

बालबच्चाले कुनै अभाव, दुःख, समस्या झेल्न नपरोस् भन्ने सोच्छन् । त्यसैले सक्दो सेवा सुविधा उपलब्ध गराउँछन् ।

तर, यस क्रममा बालबच्चामा गलत प्रवृत्ति विकास हुनसक्छ । बालबच्चाले सोच्दैनन् कि, ‘मेरा आमाबुवाले मेरा खातिर यत्तिका दुःख गरेका छन् ।’ उनीहरुले सोच्छन्, ‘मेरो लागि आमाबुवा जे पनि गर्न तयार छन् । म नै सर्वेसर्वा हुँ । मैले जे चाह्यो, त्यही हुन्छ वा हुनुपर्छ ।’

World Link Ads
Mahakali Polytechnic

यसरी खराब प्रवृत्ति मौलाउँदै गएपछि उनीहरुले आमाबुवामाथि यसरी हावी हुन्छन् कि, आमाबुवालाई त्यसबाट उम्कन निकै गाह्रो हुन्छ । बालबच्चाले आफ्नो रुची र इच्छाहरु आमाबुवामा लाद्न थाल्छन् । आफुले चाहेको वा खोजेको कुरा तुरुन्तै प्राप्त गर्ने आकंक्षा राख्छन् ।

आमाबुवाले कसरी घर व्यवहार चलाइरहेका छन् भन्ने बुझ्दैनन् । आमाबुवाको मनोदसा कस्तो छ भनेर बुझ्दैनन् । उनीहरु आफुलाई सहज हुने र फाइदा हुने कुरा मात्र माग गर्न थाल्छन् । र, आमाबुवामाथि भावनात्मक अत्याचार गर्न थाल्छन् ।

Sana Kishan

यस्ता बच्चाहरु जिद्दी हुन्छन् । उनीहरु आमाबुवाको कुरा बुझ्ने प्रयास समेत गर्दैनन् ।

चाहे खानेकुरा होस् वा खेलौना, लुगाफाटो होस् वा अरु कुनै कुरा, उनीहरुले आफुले भने बमोजिम खोज्छन् । आफ्नो आवश्यक्ता के हो भन्ने कुरा बुझ्दैनन् । बरु आफुले के चाहेको हो त्यो प्राप्त हुनुपर्छ भन्ने सोच्छन् । यदि आमाबुवाले उनीहरुको माग पुरा गर्न सकेनन् भने घुक्र्याउन थाल्छन् । खाना खाँदैनन् । विद्यालय जाँदैनन् । भनेको कुरा टेर्दैनन् ।

अहिले धेरै बच्चा पुल्पुलिएका छन् । उनीहरुलाई आमाबुवाले यसरी हुर्काएका छन् कि, उनीहरु सानोतिनो कुराले खुसी नै हुँदैनन् । मिठो खानेकुरा बनाएर दिनुहोस् वा नयाँ लुगा किनेर ल्याइदिनुहोस्, उनीहरुलाई फरक पर्नेवाला छैन । कुनै ठाउँ घुम्न वा सिनेमा हेर्न जाने कुराले पनि उनीहरु त्यती धेरै उमंगित हुँदैनन् । किनभने बालबच्चाले आवश्यक्ता भन्दा बढी ऐश–आरम पाएका छन् । सेवा सुविधा पाएका छन् । उनीहरुले माग गरेको कुरा पुरा गर्दै जाँदा पनि उनीहरु सन्तुष्ट हुँदैनन् । एउटा माग पुरा गर्नसाथ अर्को कुराको अपेक्षा गर्न थाल्छन् ।

त्यसैगरी अहिलेका बालबच्चालाई आमाबुवाले पिट्न, कराउन त के, गाली गर्न वा अलि कडा आवाजले बोलाउनु पनि हुँदैन । उनीहरुले गल्ती गरेमा पनि आमाबुवाले हप्काउन हुँदैन । जे गरेपनि आमाबुवाले सहेर बसेको हेर्न चाहन्छन् ।

खासमा सानै उमेरदेखि बालबच्चालाई सही र सन्तुलित व्यवहार नगर्दा यस्तो समस्या आएको हो । सानै उमेरदेखि उनीहरुलाई सन्तुलित व्यवहार गर्नुपर्छ । सही र गलत के हो भन्ने कुराको बोध गराउनुपर्छ । उनीहरुले गल्ती गरेमा त्यो गलत हो भन्ने बुझाउनुपर्छ । जहिले पनि खुसी बनाइरहने चक्करमा आमाबुवाले बालबच्चाको सबै कुरा सुन्नुपर्छ, मान्नुपर्छ भन्ने हुँदैन । बालबच्चासँग पनि एउटा दूरी कायम राख्नुपर्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.