सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमाथि ओमानको जित

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले आक्रमक सुरुवात गर्दै ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । ओमानका लागि जतिन्दर सिंहले विष्फोटक शतक प्रहार गरे । ६२ बल खेल्दै उनले १०७ रन जोडेका हुन् । जतिन्दरको यो ओडिआई करिअरको पहिलो शतक हो । त्यस्तै, आयान खान १८ रनमा क्याच आउट हुँदा सुरज कुमारले २० रन जोडे । साथै, मोहम्मद नादीमले अविजित रहँदै ३८ रन बनाए ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले समान २÷२ विकेट लिए भने शुसान्त भारीको नाममा १ विकेट रह्यो । सन्दिप लामिछाने घाइते भएका कारण आज उनले बलिङ गरेका थिएनन् । जसको असर आजको खेलमा पनि देखियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यसअघि टस जित्दै ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन जोडे । अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, विनोद भण्डारीले ६, सोमपाल कामीले ७, कुशल मल्लले ४ र विक्रम शोवले २ रन बनाए । करन केसीले २१, सन्दिप लामिछानेले १६ र सुशन भारीले २ रन जोडे ।

Dirghayu Ads

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । नेस्टोर धब्बाले २ र मोहम्मद नदिम र जेसमले १÷१ विकेट लिए । जनतापाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.