बरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको पन्ध्रौं दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न

महेन्द्रनगर – बरिष्ठ प्रगतिवादी साहित्यकार एवम् चिन्तक प्रलेस,नेपालका पूर्व केन्द्रीय अध्यक्ष आनन्ददेव भट्टको पन्ध्रौं दिनको पूण्यतिथीमा प्रलेस, कञ्चनपुरले अनलाइन माध्यम जुम मार्फत श्रद्धाञ्जली सभा तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ। प्रलेस, कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वर्तमान केन्द्रीय समिति सल्लाहकार डा. पुस्करराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो। सहभागीहरुलाई प्रलेस कञ्चनपुरका सदस्य कविराज भट्टले मन्तव्य मार्फत स्वागत गरेको सभाको सञ्चालन प्रलेस कञ्चनपुरका सचिव धर्मानन्द भट्टले गरेका थिए ।

श्रद्धाञ्जली सभामा प्रलेस सुदूरपश्चिम प्रदेश समिति सदस्य नारायण गिरी, प्रदेश सचिवालय सदस्य जगदीश ओझा, प्रदेश तथा जिल्ला समिति सल्लाहकार वीरबहादुर चन्दले मन्तव्य सहित रचना वाचन गरेका थिए । प्रमुख वक्ताका रूपमा रहेका प्रमुख अतथि डा. भट्टले नेपालको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनु भएका आनन्ददेवको निधनबाट सिङ्गो समाज र राष्ट्रलाई अपुरणीय क्षति भएको कुरा बताउँदै उहाँको कृतित्व र व्यक्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो ।प्रगतिशील प्राध्यापक सङ्गठनको समेत अध्यक्ष रहिसक्नु भएका भट्टका दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित रहेका छन् । कार्यक्रममा कविराज भट्ट , प्रेम प्रकाश कलौनी, धर्मानन्द भट्ट, सतिश, सिद्धनारायण आचार्य लगायतले रचना वाचन गरेका थिए।

Total
1
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस

यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक, दसैँको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान…
पुरा पढ्नुहोस
Total
1
Share