साना किसान कृषि सहकारी दैजी द्वारा मृतक परिवारलाई किरिया खर्च हस्तान्तरण

कञ्चनपुर – जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ सामादैजी स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड द्वारा किरिया खर्च हस्तान्तरण गरिएको छ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत पर्ने समुह नम्बर ५७ सामादैजीका शेयर सदस्य निलम ओडका श्रीमान दिपक ओड तथा बेदकोट नगरपालिका ३ शान्तिपूरका समुह नम्बर १५४ का शेयर सदस्य देउमती खड्काका श्रीमान गणेश खड्काको निधन भएको हुदा संस्थाका तर्फबाट उहाँहरुको घरमा उपस्थित भइ किरिया खर्च स्वरुप रु. ५००० हजारका दरले आज एक कार्यक्रमका बीचमा संस्थाका तर्फबाट अध्यक्ष , उपाध्यक्ष ,संचालक एवम् अन्तर समुहका अध्यक्ष सहित संस्थाका कर्मचारी हरुको उपस्थितिमा उक्त चेक हस्तानतरण गरिएको हो।

साना किसान कृषि सहकारी संस्था लिमिटेड दैजी द्वारा बिगत चार – पाँच बर्ष देखि निरन्तर यसरी नै मृतक सेयर सदस्य परिवारलाई सहयोग गर्दै आएको छ ! अझै यो सहयोग निरन्तर हुने संस्थाका उपाध्यक्ष देवराज जोशीले सुदुरपश्चिम खबर लाई जानकारी गराउनु भएको छ।

 

Total
7
Shares
Related Posts

काँग्रेस बेलडाँडीको सभापतिमा गज बहादुर विष्ट निर्वाचित

कञ्चनपुर : नेपाली काँग्रेस बेलडाँडी गाँउपालिकाको सभापतिमा गज बहादुर विष्ट निर्वाचित भएका छन । शनिबार सम्पन्न भएको निर्वाचनमा…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
7
Share