पदलाई महत्व दिनेले पार्टी फुटाए : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताएका छन् । देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको उनको आरोप छ ।

पार्टी विभाजनपछि पहिलो पटक धनगढी आएका नेता रावलले धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।

‘पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजकको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब,’ रावलले भने, ‘सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’

नेता रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दाबी गर्दै अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको बताए ।

मंगलबार महेन्द्रनगर पुगेर एमालेका अर्का नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै रावलसँग कुनै मतभेद नरहेको प्रतिक्रिया दिएका थिए । अनलाइनखबर बाट सभार

 

 

Total
18
Shares
Related Posts

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय…
पुरा पढ्नुहोस

काँग्रेसको पुनर्वास नगर कार्यसमितिको सभापतीमा तामाङ्ग विजयी

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन । नगर…
पुरा पढ्नुहोस

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस
Total
18
Share