सबै खाले क्रिकेटबाट सन्न्यास लिने लासिथ मालिंगाको घोषणा

श्रीलङ्काका भेट्रान बलर लासिथ मालिंगाले सबै खाले क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

मङ्गलवार ट्विटरमा एक पोस्ट लेख्दै श्रीलङ्काका पूर्वकप्तान तथा विश्व कप विजेता खेलाडी मालिंगाले सबै खाले क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलङ्काले सन् २०१४ मा टी–२० विश्व कप जितेको थियो ।

३० टेस्ट, दुई सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८४ टी–२० अन्तर्राष्ट्रिय खेलेका मालिंगाले पाँच सय ४६ विकेट लिएका छन् । मालिंगाले अन्तिम पटक श्रीलङ्काका लागि गएको वर्षको मार्चमा वेस्ट इन्डिजसँग टी–२० सँग खेलेका थिए ।

विशेषगरी योर्कर बलिङका लागि चिनिने मालिंगाको नाममा दुई वटा टी–२० ह्याट्रिक पनि छ । उज्यालो अनलाइन बाट सभार

Total
1
Shares
Related Posts

आईपीएलमा दिल्लीले राजस्थानलाई ३३ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ । राजस्थानलाई हराउँदै दिल्ली अङ्क…
पुरा पढ्नुहोस

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौको विजयी सुरुवात

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले…
पुरा पढ्नुहोस

‘त्रिवि क्रिकेट मैदानले आराम नै पाउँदैन’

त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो…
पुरा पढ्नुहोस
Total
1
Share