कैलालीको अत्तरियामा मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन । अत्तरियाको महेन्द्रनगर रोडमा भएको दुर्घटनामा गोदावरी नगरपालिका – ३ का ३१ बर्षीय राजेन्द्र बिक र धनगढी उपमहानगरपालिका – २ का २७ बर्षीय जिवन खत्री घाइते भएका हुन ।

खत्रीले चलाएको से २ प ८०८५ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आइरहेको बिकले चलाएको से ६ प ९२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइेत भएका बिकको टाउको र दाइने आँखामा चोट लागेको छ भने खत्रीको दाईने आखाँ र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।  घाइते दुबै जनाको अवस्था मध्यम रहेको र उनीहरुको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको जनाईएको छ । गोदावरी न्युज बाट सभार

Total
15
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस
Total
15
Share