सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीम रावल अब एमालेको अध्यक्ष हुने मान्छे तल प्रदेशमा झर्नु हुँदैन

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले अध्यक्षको दाबेदार नेता भीम रावलले प्रदेश संयोजक हुन मरिहत्ते गर्नु नपर्ने बताएका छन्। नेता थापाले रावललाई आफूहरुले सिनियर नेता मानेको भन्दै उनी उपाध्यक्षको पदीय हिसाबले नै जिम्मेवारीमा रहनुपर्ने बताएका हुन्।

‘जेठ २ मा जाने कुरा पनि शतप्रतिशत कार्यान्वयन गरिसकेका छौं। यसबीचमा कुनै न कुनै जिम्मेवारी दिने कुरामा कुनै विवाद छैन,’ थापा भन्छन्, ‘भीम रावल त अब अध्यक्षको दाबेदार हुने मानिस तल प्रदेशमा गएर त हुँदैन। उहाँलाई हामीले सम्मान गरेर अगाडि बढ्नुस भनेका छौं।’

एमाले सुदूरपश्चिमको इन्चार्ज को हुने भन्ने अन्योलकैबीच आइतबार बिहान बालकोटमा शीर्ष नेताहरुसँगको छलफलमा ओलीले सुदूरपश्चिम इन्चार्ज परिवर्तन नहुने प्रष्ट पारेका थिए। ओलीले एमाले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारीमा स्थायी कमिटी सदस्य लेखराज भट्ट नै यथावत रहने बताएका छन्।

World Link Ads
Mahakali Polytechnic

‘पार्टीको प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुनुहुन्छ। अहिलेको कार्यविभाजनमा भीम रावल उपाध्यक्ष हुनुहुन्छ। सहजीकरण गर्ने कार्यदल बनेको छ। त्यसको सहजीकरण गरिरहनुभएको छ,’ छलफलमा सहभागी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले भने, ‘सबै नेताहरुलाई राखेर अध्यक्षले प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुने र उपाध्यक्ष रावल सहजीकरणको जिम्मेवारीमा रहने भन्नुभयो।’

Sana Kishan

सुदूरपश्चिमको इन्चार्जमा रावल र भट्टले आ–आफ्नो दाबी गरेपछि आइतबार बालकोटमा शीर्ष नेताहरु राखेर ओलीले छलफल गरेका हुन्। शनिबार बसेको स्थायी कमिटीको बैठकमा यस विषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन। नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ।

तर छलफलमा सहभागी उपाध्यक्ष रावलले २०७५ जेठ २ मा पार्टी फर्किएकाले आफू नै प्रदेशको इन्चार्जको जिम्मेवारीमा रहनुपर्ने अडान राखेका थिए। २०७५ जेठ २ मा फर्कने १० बुँदे सहमति अनुसार उपाध्यक्ष भीम रावल सुदूरपश्चिमको प्रदेश संयोजक हुनुपर्ने थियो। तर, ओलीले अहिलेको नेकपा एमाले जेठ २, जेठ ३ देखि पुस ५ र पुस ७ पछि बनेका सबै संरचनाबाट निर्माण भएको भन्दै ओलीले भट्टले नै अहिले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने प्रष्ट पारेका हुन्।

केहीदिन अघि एमाले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले दश बुँदे सहमतिलाई रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। दश बुँदे सहमति र ओलीको कार्यशैली परिवर्तन नभएको भन्दै माधवकुमार नेपालले छुट्टै पार्टी गठन गरिसकेका छन्। यद्यपि, यसअघि माधव नेपाल समूहमा रहेका रावलसहितका नेताहरू विभाजनमा नलागेर एमालेमै बसेका छन्। पाथिभरा न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.