Bedkot Samudayik Ban

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा

Sana Kishan
Total
64
Shares

रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

Arus

विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो ।

अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकाले आईसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्यान्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले बताउनुभयो ।

इञ्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग सम्बन्धित कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन् ।

उहाँले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाइल्यान्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताउनु भयो । प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाइल्यान्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख इञ्जिनियर अधिकारीले बताउनुभयो ।

अधिकारीले भन्नुभयो, ‘आयोजना अन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भइसकेको छ । तर, हामीसँग केही साना प्राविधिक कामहरु बाँकी छन् । कोभिड–१९ को कारणले गर्दा थाइल्यान्ड सरकारको हेल्थ प्रोटोकल छ । आफ्ना प्राविधिकलाई विदेश जान अनुमति नदिएको कारणले क्यालिब्रेशन फ्लाइटको मिति यकिन गर्न सकिएको छैन् । सामान्यतया हेर्दा आयोजनाको कामहरु टुङ्गिदो क्रममा हो । यसले गर्दा आयोजना सम्पन्न नभएको अवस्था छ ।’

Karnali Traders

अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकाले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले यो टर्मिनल बिल्डिङले ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताउनुभयो । उहाँले आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताउनुभयो।

अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताउनुभयो । विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्याङ्क जाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ । उज्यालो अनलाइन बाट सभार

Total
64
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
64
Share