आज (मंगलबार) घट्यो कि बढ्यो सुनको भाउ ?

साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ। नयाँ पुस्ता बाट सभार

 

Total
23
Shares
Related Posts

दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण…
पुरा पढ्नुहोस

’माउन्टेन फ्लाइट’ सुरु हुँदै, यतीको उडान हरेक आइतवार

दोस्रो लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि…
पुरा पढ्नुहोस
Total
23
Share