बैतडी: गुडिरहेको बसमा ढुंगा खस्दा एकजना यात्रुको मृत्यु, तीन जना घाइते

धनगढी खबर

बैतडीमा गुडिरहेको बसमा सडक माथिबाट ढुंगा खस्दा एकजना यात्रुको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको बसमा सडकमाथिबाट खसेको ढुंगा लागेर बसमा सवार बझाङको थलारा गाउँपालिका वडा नं ५ का १८ बर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.२००१ ख ११५६ नम्बरको बसमा मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा सडकमाथिबाट ढुंगा खसेको हो ।

ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ बर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ४ का २८ बर्षीय माधव भट्ट रहेका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसमा सडकमाथिबाट खसेको ठूलो ढुंगा बसभित्र पसेको बताइएको छ । घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Total
39
Shares
Related Posts

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
39
Share