सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी गरिन्छ थाइराइडको उपचार ?

खासमा थाइराइड हाम्रो गलाभित्र स्थित एक ग्रन्थी हो, जसले विशेष प्रकारको हर्मोन उत्पादन गर्छ । जब यो ग्रन्थीले सही ढंगले काम गर्दैन वा गर्न सक्दैन, आवश्यक्ताभन्दा बढी वा कम मात्रामा हर्मोन निर्माण गर्न थाल्छ । तब थाइराइडको समस्या सुरु हुन्छ ।

सामान्यत थकान लाग्नु, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, छाला रुखो हुनु, डिप्रेसन हुनु, तौल बढ्नु, हात–खुट्टा चिसो हुनु यी थाइराइडको लक्षण हुन् ।

थाइराइड भइसकेको अवस्थामा त्यसले हाम्रो जीवनशैली प्रभावित गर्छ । यसको उपचारको केही प्रचलित विकल्प छन् । तिनै उपचार विधी अपनाएर यस विकार समाप्त गर्न सकिन्छ, जसले थाइराइड हर्मोनलाई सन्तुलित गर्न सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic

थाइराइड औषधि

थाइराइडमा सामान्य समस्या जस्तो ज्वरो, घाँटी खसखस हुने जस्ता समस्या हुन्छ । तर, यी समस्या देखापर्नसाथ आफुखुसी औषधी सेवन गर्नु हुँदैन । चिकित्सकको परामर्श लिएर मात्र औषधि सेवन गर्नुपर्छ । रोगको सुरुवातमा एन्टिथाइराइड औषधी दिएर रोग नियन्त्रण गरिन्छ । चिकित्सकको सल्लाह विना एन्टिथाइराइड औषधी सेवन गर्नु हानिकारक हुनसक्छ ।

हाइपरथाइराइडिज्मका लागि रेडियोगएक्टिभ आयोडिन

Sana Kishan

रेडियोएक्टिभ आयोडिनद्वारा थाइराइडलाई क्रमस सानो बनाउन सकिन्छ र अन्तमा यसलाई नष्ट गर्न सकिन्छ । यो उपचार विधी सुन्नमा जति गाह्रो लाग्छ, गर्न उति सजिलो हुन्छ । यो उपचार हाइपरथाइराइडिज्मको एक सुरक्षित उपचार हो ।

कति सुरक्षित छ रेडियोएक्टिभ आयोडिन उपचार ?

रेडियोएक्टिभ आयोडिन ५० बर्षभन्दा बढी उमेरका व्यक्तिका लागि पनि सुरक्षित मानिन्छ । गर्भवती भएको अवस्थामा भने रेडियोएक्टिभ आयोडिन उपचार गर्न हुँदैन । यसले आमा र बच्चालाई हानी गर्छ ।

मुटुको रोगीले भने यो उपचार सजिलै गर्न सक्छन् । यस थेरापीले ८ देखि १२ महिनामा थाइराइडको समस्या समाप्त गर्न सकिन्छ । सामान्यत ८० प्रतिशतसम्म थाइराइड रोगीलाई रेडियोएक्टिभ आयोडिनको एक खुराकबाट उपचार गर्न सकिन्छ । यद्यपी थाइराइडको गंभिर रोगीलाई भने यो उपचार ६ महिनासम्म लाग्न सक्छ ।

शल्यक्रियाबाट थाइराइडको उपचार

शल्यक्रियाबाट पनि आशिंक रुपमा थाइराइड ग्रन्थी निकाल्न सकिन्छ, जो एकदमै सामान्य तरिका हो । यद्यपी यसका केही साइड इफेक्ट रहन्छ । खासगरी थाइराइड ग्रन्थीको शल्यक्रिया त्यही व्यक्तिले गराउन सक्छन्, जसलाई खाना निल्नमा समस्या छ । सास फेर्न समस्या छ । गर्भवती महिला वा बच्चा, जसका लागि थाइराइडको औषधी सुरक्षित मानिदैन । उनीहरुका लागि शल्यक्रिय ठिक हुन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.